बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

उदित नारायणसँग फोटोग्राफरले कार्यक्रममै एक किस मागेपछि...

मङ्गलबार, ०६ फागुन २०८१, १६ : ३६
मङ्गलबार, ०६ फागुन २०८१

नयाँ दिल्ली । गायक उदित नारायण झालाई हालै भारतमा भएको एक कार्यक्रममा एक जना फोटोग्राफर (पेपराजी) ले चुम्बन माग गरेका छन्। 

हालै बलिउडका निर्देशक तथा निर्माता राकेश रोशनको परिवारमा बनेको डकुमेन्ट्री ‘द रोशन’को सफलताको सम्झनामा आयोजना गरिएको कार्यक्रममा उदित पनि सहभागी भएका थिए। यस क्रममा धेरै सेलिब्रेटीहरूले रेड कार्पेटमा पोज दिए । त्यहाँ जब उदित नारायण पोज दिन त्यहाँ पुगे, फोटो खिच्ने क्रममा एक फोटोग्राफरले उनीसँग ठट्टा गर्दै एक किस मागेका हुन् ।  

पेपराजी (स्टारहरूलाई हदैसम्म मजाक उडाउने) को यो प्रश्न सुनेर त्यहाँ सबै हाँस्न थाल्छन् । उनको प्रश्न सुनेर गायक उदित पनि हाँस्छन् । यो भिडियो सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भइरहेको छ र प्रयोगकर्ताहरूले पनि यसमा कडा प्रतिक्रिया दिइरहेका छन् ।

फेब्रुअरीमा प्रस्तुति दिन पुगेका उदितले फोटो खिचाउन आएकी महिलाको ओठमा चुम्बन गरेपछि उनी ट्रोलको सिकार भएका थिए। फ्यानले गालामा चुम्बन गर्दा उनले ओठमै चुम्बन गरिदिएका थिए। 

धेरैजसोले उदितको यो क्रियाकलापप्रति आपत्ति जनाएका थिए भने केहीले 'जस्तालाई त्यस्तै' भन्दै समर्थन पनि गरेका थिए। 

यस विषयमा पछि एचटी अर्थात् हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै उदितले भनेका थिए-  ‘फ्यानहरू धेरै पागल छन्, हामी त्यस्तो होइनौँ। हामी सभ्य मानिस हौँ। कतिपयले यसको प्रचार गर्छन् र त्यसमार्फत आफ्नो माया देखाउँछन्, उडाएर के गर्ने ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप