एक लाख ४३ हजारभन्दा बढीलाई लगाइयो एचपीभी खोप
_mXLIoXJ3O5.jpg)
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका एक लाख ४३ हजार चार सय ८९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दीपायल, डोटीका सूचना अधिकारी धर्मानन्द गिरीका अनुसार यो निर्धारित लक्ष्यको ९५ प्रतिशत हो ।
निर्देशनालयले प्रदेशका नौ वटै जिल्लाका एक लाख ५१ हजार ५९ जना किशोरीलाई खोप लगाउने लक्ष्य लिएको छ । सूचना अधिकारी गिरीका अनुसार कैलालीका ४५ हजार ८८८, कञ्चनपुरका २५ हजार ८४०, डोटीका ११ हजार ३८८, अछामका १३ हजार ८९७ र डोटीका ११ हजार ३८८ जना किशोरीहरुलाई खोप लगाइएको छ ।
यसैगरी, डडेलधुराका छ हजार ९४९, बझाङका ११ हजार ८९७, बाजुराका सात हजार ६४९, बैतडीका १२ हजार ८२८ र दार्चुलाका सात हजार १५३ किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइएको छ ।
गत माघ २२ गतेदेखि देशव्यापी रुपमा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी ९ह्युमन प्यापिलोमा भाइरस० खोप अभियान सञ्चालन गरिएको हो । अभियान यही फागुन ७ गतेसम्म जारी रहने बताइएको छ ।
अभियानका क्रममा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गर्ने छात्राहरुलाई पाठेघरको क्यान्सरविरुद्धको खोप लगाइएको छ भने विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि खोप लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु