२०८२ सालमा व्रतबन्धको साइत ८ दिन मात्र, विवाहको कति ?

सनातन धर्ममा मानवलाई सही मार्गमा डोर्याउन विभिन्न १६ संस्कारको वर्णन गरिएको छ । त्यसमध्ये उपनयन अर्थात् व्रतबन्ध पनि एक हो । व्रतबन्ध ज्यादै प्राचीन र महत्त्वपूर्ण संस्कार भएको बताइन्छ । यस संस्कारमा उपयुक्त साइतमा गुरुले यज्ञोपवीत धारण गराएर दीक्षा दिन्छन् भने ऋषिऋण, पितृऋण र देवऋण चुक्ता गरी बाहिर आउन प्रेरणा दिन्छन् ।
व्रतबन्धको साइत २०८२ सालमा मात्र ८ दिन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। वैशाख महिनामा ५ गते शुक्रवार, १९ गते शुक्रवार र २४ गते बुधवार गरी ३ दिन रहेको छ । फाल्गुन महिनामा ७ गते बिहीबार, १४ गते बिहीबार र १५ गते शुक्रवार गरी ३ दिन रहेको छ । त्यस्तै चैत्र महिनामा ६ गते शुक्रवार र १५ गते आइतबार २ गरी मात्र रहेको छ ।
त्यस्तै विवाहलाई पारिवारिक मिलनको रूपमा लिइन्छ । एउटी स्त्री र एउटा पुरुषले सँगै जीवनयापनका निम्ति आपसी सम्झौता गरेका हुन् भन्ने अर्थमा विवाहलाई हेरिन्छ ।
मनुस्मृति लगायत अन्य शास्त्रमा विवाहलाई दुई आत्मा बिचको पवित्र मिलन भनेको छ । हाम्रो समाजमा विभिन्न जातजाति, धर्म र सम्प्रदायअनुसार विवाह कर्ममा केही फरक फरक संस्कारहरू पाइन्छन् । तर हिन्दूधर्ममा भने विवाह गर्नको लागि तोकिएको लगनमा गर्नुपर्छ भन्ने मान्यता रहेको छ ।
विवाहको साइत २०८२ सालमा ३९ दिन रहेको छ । वैशाख महिनामा १ गते सोमबार राति, ३ गते बुधवार दिउँसो तथा राति, ५ गते शुक्रवार दिउसो तथा राति, ७ गते आइतबार दिउसो तथा राति, ८ गते सोमबार दिउसो, १६ गते मंगलबार राति, १७ गते बुधवार दिउसो तथा राति, २२ गते सोमबार राति, २३ गते मंगलबार दिउसो, २८ गते आइतबार दिउसो, ३० गते मंगलबार दिउसो तथा राति र ३१ गते बुधवार दिउसोको लगन रहेको छ ।
ज्येष्ठ महिनामा १ गते बिहीबार राति, २ गते शुक्रवार दिउसो, ३ गते शनिवार राति, १४ गते बुधवार दिउसो, १८ गते आइतबार राति, १९ गते सोमबार दिउसो, २४ गते शनिवार राति र २५ गते आइतबार दिउसोको लगन रहेको छ ।
मङ्सिर महिनामा ६ गते शनिवार राति, ८ गते सोमबार राति, १३ गते शनिवार राति, १४ गते आइतबार दिउसो र राति, १८ गते बिहीबार राति, १९ गते शुक्रवार दिउसो र राति, २० गते शनिवार दिउसोको लगन रहेको छ ।
माघमा भने ३ दिन रातिको मात्र विवाहको लगन रहेको छ । २१ गते बुधवार राति, २२ गते बिहीबार राति र २७ गते मङ्गलवार रातिको लगन रहेको छ ।
फाल्गुन महिनामा ९ दिन विवाहको लगन रहेको छ । फाल्गुन ८ गते शुक्रवार राति, १२ गते मङ्गलवार राति, १३ गते बुधवार दिउसो, १४ गते बिहीबार दिउसो, २५ गते सोमबार राति, २६ गते मङ्गलवार दिउसो, २७ गते बुधवार राति, २८ गते बुधवार दिउसो, दिउसो र राति, ३० गते शनिवार दिउसोको लगन रहेको छ ।
२०८२ ज्येष्ठ २९ गते बिहीबार बृहस्पति ग्रह पश्चिममा अस्त भएर असार २२ गते आइतबार पूर्वमा उदय हुनेछन् । त्यस्तै मङ्सिर २७ गते शनिवार शुक्रग्रह पूर्वमा अस्त भएर माघ १६ गते पश्चिममा उदय हुने भएको हुनाले अस्त समयमा विवाह वा व्रतबन्धको कुनै लगन वा साइत नभएको समितिको भनाइ छ ।
बृहस्पति र शुक्र अस्त हुँदा अस्त भएको समयमा नित्य गरिने जस्तै स्नान, सन्ध्या, पाञ्चायन पूजा, चातुर्मास्यव्रत, तुलसी पूजा एवम् विवाह, तुलसीको मठमा हवन, राम नवमी आदिको व्रतजस्ता अको गति नभएका नित्य कर्महरू र श्राद्ध, तर्पण, आशौच, मृतकको क्रिया, ग्रहणस्नानादी, नैमित्तिक कर्महरू गर्न हुने धार्मिक विश्वास छ ।
तर बृहस्पति र शुक्र अस्तको समयमा ईनार, बगैँचा, तलाऊ वा कुवा निर्माण गर्नु, गृहरम्भ वा गृह प्रवेश, मन्दिर आदि निर्माण, देवतास्थापना, प्राणप्रतिष्ठा आदि, चान्द्रायाणदी व्रतको आरम्भ र उद्यापन, वधुप्रवेश, तुलादानादि माहादान, सोमयाग, अष्टकाश्राद्ध, आग्रायणेष्टि, जलशाला निर्माण, प्रथमउपाकर्म, वेदव्रत, काम्य वृषोत्सर्ग, शिशुको अतिक्रान्त संस्कार, दीक्षा ग्रहण, चुडा, व्रतबन्ध, विवाह, कहिल्यै नगरिएको देवताको दर्शन, कहिल्यै नगएको तीर्थयात्रा, अग्निहोत्र, सन्यासव्रत, चतुर्मास्ययाग, प्रथम राज दर्शन, राज्याभिषेक, समावर्त, कर्णवेध जस्ता शुभ कार्यहरु गर्न नहुने शास्त्रमा वर्णन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्र रिहा, तस्बिरमा हेर्नुहोस्
-
डाक्टरको सरूवामा संघ र प्रदेशबिच शक्ति संघर्ष : संघको निर्देशन लत्याउँदै लुम्बिनी सरकार
-
तीन लाख धरौटी बुझाएर छुटे रवीन्द्र मिश्र
-
बजेटको सँघारमा पनि स्थानीय तहमा छैन उत्साह, सरकारमाथिको अविश्वासले खुम्चिँदै आकार
-
रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न अदालतको आदेश
-
कम्बोडियामा पक्राउ परे ज्योति भण्डारी, नेपाल झिकाउन इन्टरपोल मार्फत पत्राचार