अस्ट्रेलियाको नदी किनारमा १५० भन्दा धेरै ह्वेलको बिचल्ली
सिड्नी । अस्ट्रेलियाको सुदूर नदी किनारमा १५० भन्दा भन्दा ह्वेल अलपत्र परेका छन् । ६० भन्दा धेरै फल्स किलर ह्वेलको मृत्यु भइसकेको छ । अधिकारीहरू अरू दर्जनौँ ह्वेललाई बचाउने कोसिसमा छन् ।
तास्मानियाको प्राकृतिक संसाधन तथा वातावरण विभागले बताएअनुसार आर्थर नदीको किनारमा १५७ वटा ह्वेल छन् । यीमध्ये ९० करिब ९० वटा ह्वेल जीवितै भएको बताइएको छ । यी ह्वेललाई समुद्रमा पठाउन सकिन्छ कि सकिँदैन भनेर संरक्षणविद् र पशु डाक्टरहरूले खोजबिन गरिरहेका छन् । तास्मानियामा हालैका वर्षमा ह्वेलहरू अलपत्र पर्ने घटना बढेका छन् ।
२०२० मा पनि यस्तै घटना भएको थिए । तर ५० वर्षयता यहाँ फल्स किलर ह्वेल भने अलपत्र परेको देखिएको थिएन । फल्स किलर ह्वेल सबैभन्दा ठुला प्रजातिका डल्फिनमध्ये एक हुन् । यिनीहरू ६ मिटरभन्दा लामो हुन्छन् । ह्वेलहरू त्यहाँ २४ देखि ४८ घण्टादेखि अलपत्र रहेको बताइएको छ ।
ह्वेल किन अलपत्र पर्छन् भन्नेमा कयौँ सिद्धान्त पाइन्छ । कहिलेकाहीँ माछाको सिकार गर्ने क्रममा उनीहरू भड्किएर तटमा आइपुग्ने केही विज्ञ भन्छन् । अरूले भने कुनै मान्छेले झुक्किएर ह्वेलको सारा समूहलाई तटमा ल्याएको हुनसक्ने ठान्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण