एकीकृत समाजवादीले भन्यो–अध्यादेशका अन्तर्वस्तु गलत र हानिकारक छन्
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) सरकारले ल्याएका अध्यादेशका अन्तर्वस्तु गलत र हानिकारक भएको निष्कर्ष निकालेको छ । बुधवार बसेको पोलिटब्युरो बैठकले अध्यादेशबारे यस्तो निष्कर्ष निकाल्दै संसदमा निर्णायर्थ पेस भए विपक्षमा मतदान गर्ने बताएको हो ।
बैठकले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्य योजना, संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरूलगायतका केन्द्रीय कमिटी बैठकका एजेन्डाहरू पारित गरेको छ । पारित एजेन्डाहरू बिहीबारबाट सुरु हुने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ ।
‘संसद् अधिवेशनको सङ्घारमा संसद्लाई छलेर सरकारले विभिन्न अध्यादेशहरू जारी गरेको छ । संसदीय समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई सरकारले संविधान, ऐन कानुन, संसद् नियमावली र स्थापित अभ्यासहरूसमेत मिचेर विधेयक ल्याउनु प्रक्रियागत रूपमा नै गलत छ’, प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले भनेका छन्, ‘अध्यादेशका अन्तर्वस्तु पनि गलत र हानिकारक छन् । अध्यादेशहरूबाट भू माफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, बिचौलिया, भ्रष्टाचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निष्कर्षसहित अध्यादेशको प्रक्रिया र अन्तर्वस्तु दुवैमा हाम्रो पार्टीको असहमति र विरोध छ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण