राप्रपाले पोखरामा भ्रष्टाचारको भण्डाफोर गर्ने
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गण्डकी प्रदेशभित्रको भ्रष्टाचारको भण्डाफोर गर्ने भएको छ । त्यसका लागि पोखरामा शुक्रवार बृहत् विरोधसभाको आयोजना गरिएको छ । भ्रष्टाचारबाट देशका हरेक तह गाँजिएको भन्दै राप्रपाले ब्यवस्था नै बदल्नुपर्ने तर्क गर्दै आएको छ ।
‘भ्रष्टाचारले हरेक तहलाई गाँजेको छ । अझ दुःखद कुरा के छ भने हिजो ठुलो स्वरमा सुशासनको भाषण छाँट्ने भ्रष्टाचारीहरू नै अझै सत्तामा आसीन छन्,’ विज्ञप्तिमार्फत भनेको छ, ‘नेपाली संस्कृति, धर्म, र पहिचान मेटेर नेपाली जनतालाई विदेशी शक्तिहरूको कठपुतली बनाउने षड्यन्त्र हामी स्वीकार गर्न सक्दैनौँ ।’
पोखरामा पत्रकार सम्मेलन गरेर भ्रष्टाचारको भण्डाफोर कार्यक्रमबारे जानकारी दिइएको हो । उक्त कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार लगायत गण्डकी प्रदेशभित्रका सबैखाले भ्रष्टाचारको भण्डाफोर गर्ने राप्रपा गण्डकीका अध्यक्ष पञ्चराम गुरुङले जानकारी दिए । उनले राष्ट्र नै असफल भैसकेको भन्दै यही आन्दोलनबाट व्यवस्था फेर्ने शंखघोष हुने दाबी गरे ।
‘वर्तमान संविधान र संवैधानिक व्यवस्थासँग आधारभूत रूपमा असहमति राख्ने राजनीतिक दल हो भन्ने सर्वविदित तथ्य हो,’ उनले भने, ‘यही संविधानबाट नेपालको दीर्घकालीन रूपान्तरण सम्भव छैन भन्ने कुरा संविधान कार्यान्वयनको डेढ दशकपछि पुष्टि भैसकेको छ । देशको राजनीतिक, सामाजिक, ऐतिहासिक, विकास, तथा आर्थिक पक्षहरू अत्यन्त कमजोर बनेका छन् ।’
राप्रपाले विभिन्न ९ बुँदे एजेन्डाहरू अघि सारेर विरोधसभा आयोजना गरेको छ । संवैधानिक राजसंस्थाको पुनःस्थापना गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद्, सङ्घीयताको खारेजी, हिन्दु अधिराज्य घोषणा, शीर्ष नेता र कर्मचारीहरूको सम्पत्ति छानबिन, भ्रष्टाचार, विभेद र अन्यायको अन्त्य गर्ने तथा रोजगारी सिर्जनाका लागि दबाब सिर्जना गर्न कार्यक्रम गरिएको गुरुङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण