पूर्व राजालाई याेगेश भट्टराईकाे चेतावनी : फेरि राजा बन्ने सपना नदेखे हुन्छ
सुर्खेत। नेकपा एमाले नेता याेगेश भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहलाई फेरि राजा बन्ने सपना नदेख्न चेतावनी दिएका छन्। प्रजातन्त्र दिवसका अवसरमा शाहले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै भट्टराईले आफ्नै कारणले राजतन्त्र अन्त्य भएको नबिर्सन आग्रह गरे ।
'उहाँकै कारण राजतन्त्रको अन्त्य भएर जनताको शासन गर्ने गणतन्त्र आएको हो,' आज बिहान सुर्खेतका आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'फेरि राजा बन्छु भन्नु सुहाउँदो कुरा होइन ।'
जनताले फ्याँकिसकेकाे राजतन्त्र अब फर्कन नसक्ने पनि उनको दाबी छ। उनले अगाडि भने, 'उहाँको वक्तव्यपछि राजावादीहरू चम्किँदै छन्, गणतन्त्र फेल भयो भनेर मौका मागिरहेका छन् । २५० वर्षसम्म मौका दिएकै हो ।'
दरबार हत्याकाण्ड हामीले गरेको हो र ? भन्दै प्रश्न समेत गरे। दरबार हत्याकाण्डकै कारण राजतन्त्र समाप्त भएको उनको भनाइ छ। 'अब त्यो संस्था फर्केर आएर देश चलाउन सक्छ भन्ने सम्भावना छैन,' उनले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
४ प्रतिक्रिया
भर्खरै
-
बजेट अभावले खुम्चिँदै मनमोहन प्राविधिक विश्वविद्यालयको शैक्षिक लक्ष्य
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण