जुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा
बिहीबार, ०८ फागुन २०८१, १० : ४८

जुम्ला । जिल्लाका आठ वटा स्थानीय तहका ६० वडामध्ये १२ वडालाई बालविवाह मुक्त घोषणा गरिएको छ । हिमा गाउँपालिकाका ७ वडामध्ये १, २, ३ र ५ नम्बर वडालाई बालविवाह मुक्त घोषणा गरिएको हो ।
बुधबार एक कार्यक्रमका बीच कनकासुन्दरी गाउँपालिका–४ र ५ पातारासी गाउँपालिका–५, तिला गाउँपालिका–६, गुठीचौर गाउँपालिका–४, सिन्जा गाउँपालिका–२, ४ र ६ लाई बालविवाह मुक्त घोषणा भएका हुन् ।
यहाँका स्थानीय तहले प्लान नेपाल, पेस नेपाल, क्याड नेपाल, सर्वोदय नेपाल,किर्डाक, आइएनएफलगायतका गैरसरकारी सङ्घसंस्थासँगको सहकार्यमा ती वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिए ।
दिगो विकासका लक्ष्य हासिल गर्ने सरकारको लक्ष्यअनुसार मुलुकलाई सन् २०३० सम्ममा बालविवाह मुक्त गर्न ती संस्थासँग सहकार्य भएको उनको कथन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेल अवीवस्थित नर्वेको राजदूत निवासमा विस्फोट
-
इरान–इजरायल तनावबारे ट्रम्पलाई तीन दिनसम्म सुरक्षा जानकारी लिने
-
शिला राईको ‘उहिलेको माया’ सार्वजनिक
-
अमेरिकाले धेरै सहयोग गर्दैछः इजरायली प्रधानमन्त्री नेतन्याहु
-
हामी इरानको पक्षमा छौंः हिजबुल्लाह
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा