युक्रेन वार्तामा रुसको हातमा ‘कार्ड’ भएको ट्रम्पको दाबी
वासिङटन डीसी । युक्रेनमा शान्ति स्थापना गर्ने वार्ताले पछिल्लो समय नाटकीय मोड लिइरहेको छ । युक्रेनको भविष्य जोडिएको वार्तामा युक्रेनलाई कुनै ठाउँ दिइएको छैन । न त यूरोपेली देशलाई नै यसमा आफ्नो धारणा राख्न दिइएको छ ।
यसैबिच युक्रेनमा युद्ध अन्त्य गर्ने र शान्ति ल्याउनेसम्बन्धी वार्तामा ‘कार्ड’ रुसको हातमा रहेकोमा आफू विश्वस्त रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
‘मलाई लाग्छ कि रुस युद्ध अन्त्य भएको हेर्न चाहन्छ । उनीहरूको हातमा कार्ड छ जस्तो पनि मलाई लाग्छ, किनकि तिनीहरूले निकै भूभाग लिइसकेका छन् ।’ फ्लोरिडाबाट वासिङटन फर्किने क्रममा एयर फोर्स वनमा पत्रकारहरूसँग बोल्दै ट्रम्पले भने ।
रुसले शान्ति चाहेको छ भन्ने कुरामा विश्वास लाग्छ भनेर सोध्दा ट्रम्पले लाग्छ भन्ने जवाफ दिएका थिए । पछिल्लो समय ट्रम्पले युक्रेनी समकक्षी भोल्दोमिर जेलेन्स्कीको उछितो काढिरहेका छन् ।
जेलेन्स्कीको वैधानिकता र घट्दो लोकप्रियतालाई उनले ‘इस्यू’ बनाइरहेका छन् । यस अघि ट्रम्पले जेलेन्स्कीमाथि युद्ध छेडेको आरोप पनि लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण