गाउँपालिकाको बेवास्ताले बेवारिसे बन्यो सभाहल
ठाकुरबाबा । यहाँस्थित बढैयाताल गाउँपालिकाको एकमात्र सभाहल उपयोगमा चासो नदिँदा निर्माण सम्पन्न नहुँदै जीर्ण र बेवारिसे बनेको छ । बढैयाताल गाउँपालिका–८ पशुपतिनगरमा रहेको उक्त सभाहल रु ७० लाख २६ हजारमा निमार्ण गरिएको थियो ।
दुई सय ४२ वर्गमिटर क्षेत्रफलमा निर्मित तीन सय जना क्षमताको सुविधा सम्पन्न सभाहलमा शौचालय, आराम कक्ष र पोसाक परिवर्तन गर्ने कक्ष रहेको गाउँपालिकाको योजना शाखा उपप्रमुख उमानबहादुर हमालले जानकारी दिए । गाउँपालिका र निमार्ण कम्पनीबिच भएको सम्झौता अनुसार निर्माण कम्पनीले काम नगरेको र समयमा हस्तान्तरण नगर्दा सभाहल जीर्ण र बेवारिसे बनेको वडा नं ८ का वडा सदस्य दिल्लीप्रसाद गौतमले बताए ।
जय बागेश्वरी निमार्ण सेवा कम्पनी र बढैयाताल गाउँपालिकाबीच विसं २०७८ जेठ ८ गते ठेक्का सम्झौता भएको थियो । सम्झौता बमोजिम पूर्ण रुपमा निर्माण सम्पन्न नभएपछि निर्माण कम्पनीले पुनः भत्किएका ठाउँमा मर्मत सुरु गरेको छ ।
सभाहल उपयुक्त स्थानमा निर्माण नगर्दा महँगो भाडा तिरेर गाउँपालिकाले होटलमा कार्यक्रम गर्ने गरेको स्थानीयको भनाइ छ । गाउँपालिकाको कार्यालय रहेको स्थानदेखि पाँच किलोमिटर पश्चिममा निर्मित सभाहलका झ्यालका सिसा फुटेका छन् भने छाडा पशुको विश्रामस्थल र बालबालिका खेल्ने ठाउँ बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा रहेका श्रमिकको अवस्था अनुगमन गर्न म्यानपावर कम्पनीहरूलाई विभागको निर्देशन
-
पोल्यान्ड र युक्रेनबिच कूटनीतिक टकराव : जेलेन्स्कीको राजकीय सम्मान फिर्ता
-
गाईलाई यातना दिएर टिकटक भिडियो बनाउने सिटी सफारी चालक पक्राउ
-
ब्राजिलको गोल वर्षा, पहिलो हाफमै हैटीविरुद्ध ३–० को अग्रता
-
रवि र बालेनको सहमतिमै रास्वपाको नयाँ नेतृत्व छानिने, निर्वाचन अन्तिम विकल्प
-
हैटीविरुद्ध ब्राजिलको दोस्रो गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण