बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

मेलिना र रामजीको स्वरमा आयो कस्तुपको ‘किन होर तरक्क’

बिहीबार, ०८ फागुन २०८१

काठमाडौँ । चर्चित गायिका मेलिना राई र गायक रामजी खाँडको स्वर रहेको नयाँ लोकदोहोरी गीत ‘किन होर तरक्क’ सार्वजनिक गरिएको छ । मौलिक लोकशैलीमा तयार गीतमा शब्द तथा संगीत लोकप्रिय स्रष्टा कस्तुप पन्तको छ । गीतको एरेन्ज रमेश सेन्च्युरीले गरेका हुन् ।

गीतमाथि आकर्षक म्युजिक भिडियो समेत निर्माण भएको छ । थुप्रै कोरस प्रयोग गरेर तामझापसहित निर्माण भएको भिडियोमा मोडलद्धोय सुधीर श्रेष्ठ र सञ्चिता बोलाखेको अभिनय देख्न सकिन्छ ।

भिडियोको कोरियोग्राफी तथा निर्देशन रामजी लामिछानेले गरेका हुन् । लामिछानेले भिडियोमा सुधीर र सञ्चितालाई डान्सिङ जोडीको रूपमा प्रस्तुत गरेका छन् । भिडियोले गीत सिँगार्ने काम गरेको छ ।

मानकृष्ण महर्जनको छायाङ्कन रहेको भिडियो बन्दे प्रसादले सम्पादन गरेका हुन् । गीत कस्तुप पन्तको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया