एप्पलले ल्यायो आइफोन १६ ई, यस्ता छन् फिचर
क्यालिफोनिर्या । एप्पलले भर्खरै अपडेटेड डिजाइनसहित 'आइफोन १६ ई' लन्च गरेको छ । आइफोनको होम बटन अब पूरै हटेको छ ।
योसँगै कम्पनीले औपचारिक रूपमै आइफोनको क्लासिक टच आईडी इन्टरफेस हटाएको छ । यसको सट्टा आइफोन ईमा फेस आइडी दिइएको छ । यो फोनमा कम्पनीको नवीनतम् ए १८ चिप छ । फोनको मूल्य ५ सय ९९ डलर कायम गरिएको छ ।
आइफोन १६ ई आइफोन एसईको अपडेटेड भर्जन हो । ६.०६ इन्चको ओएलइडी डिस्प्ले भएको यो फोनको आकार भने आइफोन १६ भन्दा अलिकति सानो छ । कम्तीमा आइफोन १७ एयर नआउँदासम्म अब कम्पनीसँग आफ्नो डिफल्ट मोडलभन्दा सानो फोन छैन । फोनमा कस्टमाइज गर्न मिल्ने एक्सन बटन छ । तर यसमा मेगा सेफ एक्सेसरिज र फास्ट वायरलेस चार्जिङ भने छैन ।
फोनमा ४८ मेगापिक्सलको एउटा मात्रै रियर क्यामरा छ । यसमा वायरलेस चार्जिङ र वाटर रेसिस्टेन्ट आईपी रेटिङ भने छ । फोनमा एप्पल आफैंले बनाएको मोडेम छ । आइफोन १६ ई शुक्रबारदेखि प्रिअर्डरका लागि उपलब्ध हुने जनाइएको छ ।
आइफोन एसईको मूल्य ४ सय २९ डलर मात्रै थियो । यसको तुलनामा १६ ई निकै महँगो छ । फेब्रुअरी २८ देखि उपभोक्ताले यो फोन किन्न पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण