एप्पलले ल्यायो आइफोन १६ ई, यस्ता छन् फिचर

क्यालिफोनिर्या । एप्पलले भर्खरै अपडेटेड डिजाइनसहित 'आइफोन १६ ई' लन्च गरेको छ । आइफोनको होम बटन अब पूरै हटेको छ ।
योसँगै कम्पनीले औपचारिक रूपमै आइफोनको क्लासिक टच आईडी इन्टरफेस हटाएको छ । यसको सट्टा आइफोन ईमा फेस आइडी दिइएको छ । यो फोनमा कम्पनीको नवीनतम् ए १८ चिप छ । फोनको मूल्य ५ सय ९९ डलर कायम गरिएको छ ।
आइफोन १६ ई आइफोन एसईको अपडेटेड भर्जन हो । ६.०६ इन्चको ओएलइडी डिस्प्ले भएको यो फोनको आकार भने आइफोन १६ भन्दा अलिकति सानो छ । कम्तीमा आइफोन १७ एयर नआउँदासम्म अब कम्पनीसँग आफ्नो डिफल्ट मोडलभन्दा सानो फोन छैन । फोनमा कस्टमाइज गर्न मिल्ने एक्सन बटन छ । तर यसमा मेगा सेफ एक्सेसरिज र फास्ट वायरलेस चार्जिङ भने छैन ।
फोनमा ४८ मेगापिक्सलको एउटा मात्रै रियर क्यामरा छ । यसमा वायरलेस चार्जिङ र वाटर रेसिस्टेन्ट आईपी रेटिङ भने छ । फोनमा एप्पल आफैंले बनाएको मोडेम छ । आइफोन १६ ई शुक्रबारदेखि प्रिअर्डरका लागि उपलब्ध हुने जनाइएको छ ।
आइफोन एसईको मूल्य ४ सय २९ डलर मात्रै थियो । यसको तुलनामा १६ ई निकै महँगो छ । फेब्रुअरी २८ देखि उपभोक्ताले यो फोन किन्न पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
-
आज संसद्को संयुक्त बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय
-
आज वैशाख शुक्ल पञ्चमी, रामानुजाचार्य जयन्ती
-
कति पुग्यो विदेशी मुद्राको मूल्य
-
बुबाआमाको टुङ्गो नभएका इन्द्रबहादुरलाई नागरिकता
-
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्ला नसुनौं : बोर्ड