हमासले ९ महिने बच्चासहित इजरायललाई दियो चार बन्दीको शव

तेल अभिभ । हमासले बिहीबार गाजामा बन्दी बनाइएका चार जनाको शव इजरायललाई फिर्ता गरेको छ । सन् २०२३ को अक्टोबरयता हमासले बन्धकको शव फिर्ता गरेको यो पहिलो पटक हो ।
रिहा गरिएका शवमा ३२ वर्षकी सिरिस बिबास र उनका ४ वर्ष र ९ महिने छोराको शव पनि छ ।
यी सबैलाई १६ महिनाअघि हमासले दक्षिण इजरायलको किबुत्ज निर ओजस्थित घरबाट अपहरण गरेको थियो । चौथो शव ८३ वर्षका ओदेद लिफ्शित्जको हो । हमासका सेनाले ओदेद र उनकी पत्नी योचेभ्डलाई पनि किबुत्ज निर ओजबाट अपहरण गरेर लगेको थियो । योचेभ्डलाई भने २०२३ को अक्टोबर २४ मै रिहा गरेको थियो ।
हमासले युनिस खानको दक्षिण सहरमा एउटा मञ्चमा चार वटा कालो कफिन राखेको थियो । सुरुमा यी कफिन रेड क्रसलाई दिइएको थियो । त्यहाँबाट कफिन गाजाभित्र रहेका इजरायली सेनाको हातमा परेको इजरायली अधिकारीहरूले पुष्टि गरेका छन् ।
फरेन्सिक जाँचका लागि शवलाई तेल अभिभमा रहेको अबु काबिर इन्स्टिच्युट अफ फरेन्सिक मेडिसिनमा लगिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जो बाइडेनलाई 'आक्रामक' प्रोस्टेट क्यान्सर भएको पुष्टि
-
गोलरहित बराबरीले धकेलियो इटालियन सिरी’एको उपाधि छिनोफानो
-
नौ खेलाडीमा सीमित सेभियामाथि रियलको संघर्षपूर्ण जित
-
महिला टी–२० विश्वकप छनोट : नेपाल आज यूएईसँग भिड्दै
-
बार्सिलोनालाई हराएर भिया रियालले गर्यो च्याम्पियन्स लिग सुरक्षित
-
घरेलु मैदानमा स्तब्ध बन्यो ला लिगा च्याम्पियन