हमासले ९ महिने बच्चासहित इजरायललाई दियो चार बन्दीको शव
तेल अभिभ । हमासले बिहीबार गाजामा बन्दी बनाइएका चार जनाको शव इजरायललाई फिर्ता गरेको छ । सन् २०२३ को अक्टोबरयता हमासले बन्धकको शव फिर्ता गरेको यो पहिलो पटक हो ।
रिहा गरिएका शवमा ३२ वर्षकी सिरिस बिबास र उनका ४ वर्ष र ९ महिने छोराको शव पनि छ ।
यी सबैलाई १६ महिनाअघि हमासले दक्षिण इजरायलको किबुत्ज निर ओजस्थित घरबाट अपहरण गरेको थियो । चौथो शव ८३ वर्षका ओदेद लिफ्शित्जको हो । हमासका सेनाले ओदेद र उनकी पत्नी योचेभ्डलाई पनि किबुत्ज निर ओजबाट अपहरण गरेर लगेको थियो । योचेभ्डलाई भने २०२३ को अक्टोबर २४ मै रिहा गरेको थियो ।
हमासले युनिस खानको दक्षिण सहरमा एउटा मञ्चमा चार वटा कालो कफिन राखेको थियो । सुरुमा यी कफिन रेड क्रसलाई दिइएको थियो । त्यहाँबाट कफिन गाजाभित्र रहेका इजरायली सेनाको हातमा परेको इजरायली अधिकारीहरूले पुष्टि गरेका छन् ।
फरेन्सिक जाँचका लागि शवलाई तेल अभिभमा रहेको अबु काबिर इन्स्टिच्युट अफ फरेन्सिक मेडिसिनमा लगिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण