च्याम्पियन्स ट्रफीबाट बाहिरिए फखर जमान, इमाम उल हक टोलीमा
काठमाडौँ । पाकिस्तानी क्रिकेट टोलीका प्रभावशाली ब्याट्सम्यान फखर जमान ‘मिनी वर्ल्डकप’ का रुपमा परिचित आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताबाट बाहिरिएका छन् । ३४ वर्षीय अनुभवी खेलाडी फखर जमान घाइते भएका कारण प्रतियोगिताबाट बाहिरिएका हुन् ।
उनी टोलीका ओपनर ब्याट्सम्यान थिए । उनी बुधबार खेलिएको प्रतियोगिताको उद्घाटन खेलका क्रममा घायते भएका थिए । न्युजिल्यान्डविरुद्धको उद्घाटन खेलमा उनी फिल्डिङ गर्ने क्रममा घाइते भएका थिए ।
त्यसैले उक्त खेलमा उनी ओपनर ब्याट्सम्यानको भूमिकामा देखिएका थिएनन् । उनी चौथो नम्बरमा क्रिज समाल्न आएका थिए । उक्त खेलमा उनी २४ रन बनाउँदै आउट भएका थिए । न्युजिल्यान्डविरुद्धको उक्त खेलमा पाकिस्तानी टोली ६० रनले पराजित भएको थियो । फखर जमानको स्थानमा इमाम उल हकलाई च्याम्पियन्स ट्रफीका लागि टोलीमा समावेश गरिएको पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले जनाएको छ ।
इमाम उल हक पाकिस्तानी टोलीका पूर्वकप्तान इन्जमाम उल हकका भतिजा हुन् । इमाम उल हकले सन् २०१७ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । उनले हालसम्म देशका लागि ७२ वटा एकदिवसीय खेलेका छन् ।
उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४८ भन्दा बढीको औसतले कुल तीन हजार एक सय ३८ रन बनाएका छन् । एकदिवसीय क्रिकेटमा उनले नौ शतक र २० वटा अर्धशतक पनि प्रहार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण