च्याम्पियन्स ट्रफीबाट बाहिरिए फखर जमान, इमाम उल हक टोलीमा

काठमाडौँ । पाकिस्तानी क्रिकेट टोलीका प्रभावशाली ब्याट्सम्यान फखर जमान ‘मिनी वर्ल्डकप’ का रुपमा परिचित आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताबाट बाहिरिएका छन् । ३४ वर्षीय अनुभवी खेलाडी फखर जमान घाइते भएका कारण प्रतियोगिताबाट बाहिरिएका हुन् ।
उनी टोलीका ओपनर ब्याट्सम्यान थिए । उनी बुधबार खेलिएको प्रतियोगिताको उद्घाटन खेलका क्रममा घायते भएका थिए । न्युजिल्यान्डविरुद्धको उद्घाटन खेलमा उनी फिल्डिङ गर्ने क्रममा घाइते भएका थिए ।
त्यसैले उक्त खेलमा उनी ओपनर ब्याट्सम्यानको भूमिकामा देखिएका थिएनन् । उनी चौथो नम्बरमा क्रिज समाल्न आएका थिए । उक्त खेलमा उनी २४ रन बनाउँदै आउट भएका थिए । न्युजिल्यान्डविरुद्धको उक्त खेलमा पाकिस्तानी टोली ६० रनले पराजित भएको थियो । फखर जमानको स्थानमा इमाम उल हकलाई च्याम्पियन्स ट्रफीका लागि टोलीमा समावेश गरिएको पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले जनाएको छ ।
इमाम उल हक पाकिस्तानी टोलीका पूर्वकप्तान इन्जमाम उल हकका भतिजा हुन् । इमाम उल हकले सन् २०१७ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । उनले हालसम्म देशका लागि ७२ वटा एकदिवसीय खेलेका छन् ।
उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४८ भन्दा बढीको औसतले कुल तीन हजार एक सय ३८ रन बनाएका छन् । एकदिवसीय क्रिकेटमा उनले नौ शतक र २० वटा अर्धशतक पनि प्रहार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?