प्रकृति लम्साल मृत्यु प्रकरण : उच्चस्तरीय छानबिन समितिले किटका संस्थापकलाई बयानका लागि बोलायो
काठमाडौँ । उडिसाको भुवनेश्वरस्थित किट विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणमा उडिसा सरकारले छानबिन सुरु गरेको छ । छानबिनका लागि उडिसा सरकारले गठन गरेको उच्च स्तरीय समितिले विश्वविद्यालयका संस्थापक अच्युता समान्तालाई बयानका लागि बोलाइएको हो ।
लम्सालले आइतबार विश्वविद्यालयको छात्रावासमा आत्महत्या गरेकी थिइन् । उनले विश्वविद्यालयकै अर्का छात्र आदिक श्रीवास्तवको दुर्व्यवहार सहन नसकेर आत्महत्या गरेको दाबी छ ।
यस विषयलाई लिएर विश्वविद्यालयका अन्य विद्यार्थीले विरोध प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनलाई दबाउन प्रशासनले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूलाई दुर्व्यवहार गर्दै निकालेको थियो ।
यस घटनाको चौतर्फी आलोचनासँगै नेपाल सरकारले समेत चासो व्यक्त गरेपछि राज्य सरकारले निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको थियो । आईएएस काली प्रशन्ना मोहपात्राले एक पत्र पठाउँदै विश्वविद्यालयका संस्थापक समान्तालाई प्रमाणसहित बयानका लागि उपस्थित हुन भनेका छन् ।
उनलाई शुक्रबार साँझ साढे ६ बजे भुवनेश्वरस्थित स्टेट हाउसको नयाँ एनेक्स भवनमा बयानका लागि उपस्थित हुन भनिएको छ ।
यसअघि उडिसा राज्यका मुख्यमन्त्रीले मोहन चरण माझीले पनि घटनामा निष्पक्ष छानबिन गरिने तथा पीडितलाई न्याय दिइने प्रतिबद्धता जनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण