प्रकृति लम्साल मृत्यु प्रकरण : उच्चस्तरीय छानबिन समितिले किटका संस्थापकलाई बयानका लागि बोलायो

काठमाडौँ । उडिसाको भुवनेश्वरस्थित किट विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणमा उडिसा सरकारले छानबिन सुरु गरेको छ । छानबिनका लागि उडिसा सरकारले गठन गरेको उच्च स्तरीय समितिले विश्वविद्यालयका संस्थापक अच्युता समान्तालाई बयानका लागि बोलाइएको हो ।
लम्सालले आइतबार विश्वविद्यालयको छात्रावासमा आत्महत्या गरेकी थिइन् । उनले विश्वविद्यालयकै अर्का छात्र आदिक श्रीवास्तवको दुर्व्यवहार सहन नसकेर आत्महत्या गरेको दाबी छ ।
यस विषयलाई लिएर विश्वविद्यालयका अन्य विद्यार्थीले विरोध प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनलाई दबाउन प्रशासनले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूलाई दुर्व्यवहार गर्दै निकालेको थियो ।
यस घटनाको चौतर्फी आलोचनासँगै नेपाल सरकारले समेत चासो व्यक्त गरेपछि राज्य सरकारले निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको थियो । आईएएस काली प्रशन्ना मोहपात्राले एक पत्र पठाउँदै विश्वविद्यालयका संस्थापक समान्तालाई प्रमाणसहित बयानका लागि उपस्थित हुन भनेका छन् ।
उनलाई शुक्रबार साँझ साढे ६ बजे भुवनेश्वरस्थित स्टेट हाउसको नयाँ एनेक्स भवनमा बयानका लागि उपस्थित हुन भनिएको छ ।
यसअघि उडिसा राज्यका मुख्यमन्त्रीले मोहन चरण माझीले पनि घटनामा निष्पक्ष छानबिन गरिने तथा पीडितलाई न्याय दिइने प्रतिबद्धता जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथ दोस्रो खण्ड विस्तारमा अझै समय लाग्ने, सर्भे गर्दै चिनियाँ टोली
-
गर्मीमा कहिले र कसरी लगाउने सनस्क्रिन क्रिम ?
-
गाजामा बलजफ्ती कब्जा गर्ने नेतन्याहूको योजना, हमासविरुद्ध सैन्य आक्रमणको प्रस्तावमा सुरक्षा परिषदको अनुमति
-
संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
कटान नियन्त्रण नहुँदा सुरौदी खोला जलाधार क्षेत्रका स्थानीय मारमा
-
बर्सिम घाँसको बीउबाटै लाख कमाउँछन् किसान