बाहिरकाले केबलकार निर्माण बिथोल्न खोज्नु राम्रो होइन : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाथीभरा मन्दिरमा केबलकार निर्माण बिथोल्न नहुने बताएका छन् । ताप्लेजुङवासीको चाहनाविपरीत बाहिरकाले यसलाई बिथोल्न खोजेको उनले आरोपसमेत लगाएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘ताप्लेजुङवासी आफ्नो जिल्लामा रहेको प्रसिद्ध पाथीभरालाई मुलुकै प्रमुख धार्मिक तथा सांस्कृतिक पर्यटकीय गन्तव्य बनाउने सोचका साथ केबलकार सहितको पूर्वाधार विकास आवश्यक मान्दछन् भने त्यसप्रति बाहिरकाले असहमति राखेर बिथोल्न खोज्नु राम्रो होइन ।’
बिहीबार मात्र सो क्षेत्रमा नो केबलकार समूह र प्रहरीबिच झडप भएको थियो । घटनामा नेपाल प्रहरीका ६ जना, सशस्त्र प्रहरीका ५ जना तथा नो केबलकार समूहका १ जना घाइते भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका छन् ।
यसअघि, ताप्लेजुङका स्थानीयले केबलकार निर्माण गर्नुपर्ने माग गर्दै सद्भाव र्याली पनि गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण