बेलुनमा हाइड्रोजन भर्ने भारतीय नागरिक हाजिर जमानीमा रिहा, सिलिन्डर बरामद
काठमाडौँ । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा प्रयोग गरिएको बेलुनमा ग्यास भर्ने भारतीय नागरिकलाई रिहा गरिएको छ । प्रमुख जिल्ला अधिकारीको निर्णय अनुसार हाइड्रोजन ग्यास भर्ने ४१ वर्षीय कमलेश कुमारलाई हाजिर जमानीमा रिहा गरिएको कास्कीका एसपी श्यामबावु ओलियाले रातोपाटीलाई बताए ।
वडा प्रहरी कार्यालय बैदामले उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरेको थियो । फागुन ३ मा बेलुन उडाएर भ्रमण वर्षको उद्घाटन गर्न लाग्दा विस्फोट भएर अर्थमन्त्री विष्णु पौडेल र पोरखामा मेयर धनराज आचार्य घाइते भएका थिए ।
कमलेश कुमारले ग्यास भर्न प्रयोग गरेको हाइड्रोजनको सिलिन्डर प्रहरीले बरामद गरेको छ । उनले ग्यास भर्न अनुमति नलिएको एसपी ओलियाले जानकारी दिए । प्रहरीले बरामद गरेको सिलिन्डर पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखरामा बुझाएको छ । आरोपीलाई आइतबार सो कार्यालयमा उपस्थित गराउने ओलियाले जानकारी दिए ।
घटनाबारे कास्कीका प्रजिअ भरतमणि पाण्डेको नेतृत्वको समितिले छानबिन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण