गिल र शमीको प्रदर्शनमा भारतको विजयी सुरुवात
दुबई । आईसीसी च्याम्पियन्स ट्रफीमा भारतले विजयी सुरुवात गरेको छ । समूह ए अन्तरगतको खेलमा भारत ६ विकेटले विजयी बनेको हो ।
बंगलादेशले जितका लागि प्रस्तुत गरेको २ सय २९ रनको लक्ष्य भारतले ४६.३ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो । भारतको जितमा शुभमन गिल नायक बने । उनले शतक बनाउँदै भारतलाई जित दिलाए । एकदिवसीय करियरमा उनको यो आठौँ शतक थियो ।
विश्व वरीयतामा शीर्ष स्थानमा रहेका उनले १२९ बलको सामना गर्दै १०१ रन बनाए । यस क्रममा उनले ९ चौका र २ छक्का प्रहार गरे । उनलाई केएल राहुलले राम्रो साथ दिए । उनले नटआउट रहँदै ४७ बलमा ४१ रन जोडे । उनले १ चौका र २ छक्का हिर्काए ।
यसअघि, कप्तान रोहित शर्माले ३६ बलमा ४१ रन बनाएका थिए । उनले ७ चौका प्रहार गरे । विराट कोहलीले २२ रन तथा श्रेयर ऐयरले १५ रन बनाए । बंगलादेशका लागि रिसाद होसेनले १० ओभर बलिङ गर्दै ३८ रन खर्चेर २ विकेट लिए । तास्किन अहमद र मुस्तफिजुर रहमानको नाममा एक–एक विकेट रह्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९.४ ओभरमा सबै विकेट गुमाएर २२८ रन बनाएको थियो । टोलीका लागि तोहिद हृदोयले शतकीय इनिङ्स खेले । उनले ११८ बलमा १०० रन बनाउँदै आउट भए । यस क्रममा उनले ६ चौका र २ छक्का प्रहार गरे ।
उनले जकेर अलिसँग मिलेर कीर्तिमानी १ सय ५४ रनको साझेदारी गरे । एकदिवसीयमा छैटौँ विकेटमा बंगलादेशका लागि सबैभन्दा ठुलो साझेदारी हो । जाकेरले ११४ बलमा ६८ रन बनाए । उनले ४ चौका प्रहार गरे ।
ओपनर तान्जिद हसनले २५ रन तथा रिसाद होसेनले १८ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका लागि मोहम्मद शमीले शानदार बलिङ गर्दै ५ विकेट लिए । चोटबाट फर्किएका उनले १० ओभरमा ५३ रन खर्चिए ।
योसँगै उनले एकदिवसीय २०० विकेट पनि पूरा गरेका छन् । मिचेल स्टार्कपछि शामी खेलको आधारमा सबैभन्दा चाँडो यो उपलब्धि हासिल गरेका हुन् । हर्षित रानाले ३ विकेट तथा अक्षर पटेलले २ विकेट लिए । भारतले पाकिस्तान जान नमानेपछि यो खेल यूएईमा खेलाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण