एकीकृत समाजवादीको बैठकमा ११ जनाले आफ्ना धारणा राखे
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकमा ११ जना केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राखेका छन् । शुक्रबारदेखि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, ललितपुरमा सुरु भएको बैठकमा ११ जना केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राखेको एकीकृत समाजवादीले जनाएको छ ।
केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार बैठकमा अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजना, संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू एजेण्डाका रूपमा प्रस्तुत गरिएको छ ।
उक्त एजेण्डाहरूमा कमानसिंह खड्का, महेश रेग्मी, कृष्ण नेपाली, नन्दलाल बञ्जाडे, शेरबहादुर केसी, महादेव भारती, चमिना भट्टराई, प्रेमलकुमार खनाल, भगवती नेपाल, शंकर पोखरेल र घनप्रसाद गौतमले आ–आफ्ना विचार राखेको उनले जानकारी दिए ।
बैठक शनिबार पुनः बस्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण