थाइल्याण्डबाट पाँच नेपाली नागरिकको उद्धार, आजै नेपाल फर्काइयो
शुक्रबार, ०९ फागुन २०८१, २० : २६
बैंकक । अनलाइन स्क्यामिङसम्बन्धी कार्यमा लगाइएका नेपाली नागरिकहरूलाई नेपाली राजदूतावास, बैंककले उद्धार गरी नेपाल फर्काएको छ ।
थाइल्याण्ड सरकारको सहयोगमा उद्धार गरिएका पाँच जना नेपालीमध्ये चार जना पुरुष र एक जना महिला रहेका छन् । उनीहरूलाई आज नेपाल फर्काइएको राजदूतावासले जनाएको छ।
राजदूतावासका अनुसार, नेपाल सरकारले तोकेको मापदण्ड विपरीत भिसा लिएर विदेश गएर गैरकानुनी रूपमा रोजगारी गर्ने क्रम बढ्दो छ। धेरै पैसा कमाउने लोभमा नेपालीहरू ठगीमा परेर मानव तस्करी तथा शोषणको शिकार बन्ने गरेका छन्। राजदूतावासले यसप्रकारका गैरकानुनी गतिविधिबाट जोगिन नागरिकहरूलाई सचेत रहन आग्रह गरेको छ।
आवश्यक परेमा नेपाली राजदूतावास, सम्बन्धित निकाय तथा नागरिक समाजसँग समन्वय गरी उद्धारको प्रयास गरिने पनि राजदूतावासले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण