डेडिकेटेड तथा ट्रंकलाइन लाइन नकाट्न प्राधिकरणलाई आयोगको निर्देशन
काठमाडौँ। विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई विवादित डेडिकेटेड तथा ट्रंकलाइन लाइन नकाट्न निर्देशन दिएको छ । आयोगले शुक्रवार विद्युत् प्राधिकरणलाई पत्र पठाउँदै यस्तो निर्देशन दिएको हो ।
प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन लाइनको बक्यौता उठाउन उद्योगको लाइन काट्ने अनुमति दिन आयोगलाई पत्राचार गरेपछि आयोगले तथ्य पुष्टि नभएको भन्दै लाइन नकाट्न भनेको हो ।
डेडिकेटेड तथा ट्रंकलाइनबारे प्राधिकरणलाई आयोगले दिएको निर्देशनपछि लाइन काटेर बक्यौता उठाउने प्राधिकरणको योजना असफल हुन पुगेको छ । बक्यौता विवादपछि मन्त्रालयले गठन गरेको अरविन्दकुमार मिश्रको संयोजकत्वको समितिले प्रतिवेदन नबुझाएसम्म यथास्थितिमा राख्न आयोगले प्राधिकरणलाई सुझाएको छ ।
यसअघि डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउने विषयमा ऊर्जामन्त्री दीपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच मतभेद देखिएको थियो । त्यसक्रममा मन्त्री खड्काले घिसिङसँग स्पष्टीकरण नै सोधेका थिए । पछिल्लो समय उनी प्राधिकरणको बोर्ड बैठकमा समेत उपस्थित हुन छाडेका थिए ।
उर्जामन्त्री खड्काले दुई दिनअघिको प्रतिनिधि सभा बैठकमै कुलमानले अटेरी गरेकोभन्दै एउटा कर्मचारीको मनोमानी सरकारले सहन नसक्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण