कृषकलाई क्षतिपूर्ति दिन साहको आग्रह
रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वन्यजन्तुवाट पीडित बनेका किसानलाई क्षतिपूर्ति दिन आग्रह गरेका छन् ।
रौतहटको राजपुर नगरपालिकामा आजपाद्वारा आज (शनिबार) आयोजित नगर भेलालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले निलगाईको आतंक किसान पीडित बनेको र उनीहरुलाई क्षतिपूर्ति दिन माग गरे ।
‘जंगलका निलगाईले कृषकको बालीनाली नष्ट गरेको छ, दुख दिईरहेको छ । तर सरकार नियन्त्रण गर्न असफल भईसकेको छ’, साहले भने, ‘कृषकको बालीनाली नष्ट गरिरहेकोछ, सरकारले ति कृषकलाई क्षतिपुर्ति दिनुपर्छ ।’
घोडगदहाले कृषकको बाली खाईदिने, नष्ट गरिदिएपछि रौतहट, बारा, सर्लाही सहित मधेसका कृषकहरु पीडित भएका छन् । सरकारलाई नियन्त्रणका लागि आग्रह गर्दा समेत कुनै सुनुवाई नहुनुले कृषक झनझन दुखित बनेको उनले बताए ।
यस्तै उनले अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोजिएको आरोप लगाउँदै त्यस्ता प्रवृत्ति सफल नहुने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब्राहम सम्झौतामा सहभागी भए मात्रै साउदी–अमेरिका आणविक सम्झौता लागू हुने
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण