वीरेन्द्रचोकमा आन्दोलनरत पक्ष र प्रहरीबिच झडप, ५ प्रहरीसहित ७ घाइते
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर भएको विवादका बिच ताप्लेजुङ सदरमुकाम फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबिच झडप भएको छ । झडपमा प्रारम्भिक विवरणअनुसार ५ नेपाल प्रहरी र दुई आन्दोलनकारी घाइते भएको जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार राँके जुलुसलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो । राँके जुलुसलाई नियन्त्रण लिने प्रयास गर्दा प्रहरी माथि नै लाठी र ढुङ्गा प्रहार भएको शर्माले बताए । ‘घाइतेको यकिन विवरण छैन । हामी स्थितिलाई नियन्त्रण लिने प्रयास गरिरहेका छौँ,’ उनले भने ।
नो केबलकार समूहका आन्दोलनरत पक्ष काफ्लेपाटीको आन्दोलन पछि शनिवार सदरमुकाम फुङलिङ झरेका थिए । सोहि क्रममा आन्दोलनरत पक्षले फुङलिङ बजारमा शान्तिपूर्ण र्याली प्रदर्शनमा गर्दै विरेन्द्रचोक पुगी उक्त र्यालीलाई राँके जुलुसमा परिणत गरेका थिए ।
झडपका क्रममा आन्दोलनरत पक्षले फुङलिङ नगरपालिका वडा नं. ५ विरेन्द्रचोकका केही घरमा राँके जुलुसका पुल्ठो घरतर्फ फ्याकेका थिए । थप विवरण आउन बाँकी छ । यसअघि बिहीबार काफ्लेपाटीमा भएको झडपमा प्रहरीसहित १४ घाइते भएका थिए भने गत माघ १२ गते भएको झडपमा प्रहरीसहित २४ घाइते भएका थिए । पाथीभरामा केबलकारको विषयलाई लिएर पटक पटक झडप हुँदै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण