बागमती प्रदेश विश्वविद्यालयको डीन नियुक्तिका लागि आवेदन आह्वान
आइतबार, ११ फागुन २०८१, ०८ : २८
काठमाडौँ । बागमती प्रदेश विश्वविद्यालयको डीन नियुक्तिका लागि दरखास्त आह्वान भएको छ ।
डीन सिफारिस समितिद्वारा आइतबार प्रकाशित सार्वजनिक सूचना १५ दिनभित्र आवेदन पेस गर्न सकिने उल्लेख छ ।
इन्जिनियरिङ वा व्यवस्थापन विधाका योग्य उम्मेदवारहरूले विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रस्टी) को सचिवालय हेटौँडामा आवश्यक कागजातसहित निवेदन पेस गर्न सक्ने सूचनामा उल्लेख छ ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण