साडी लगाउन किन डराए ‘पुष्पा’ ?
नयाँ दिल्ली । केही महिना अघि मात्रै दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको ‘पुष्पा २’ हलमा रिलिज भएको थियो । यस फिल्ममा अल्लु अर्जुनले शानदार अभिनय गरेका थिए । फिल्ममा उनको अभिनयले खुबै चर्चा बटुलेको थियो ।
यस फिल्ममा अल्लुले साडी लगाएको एक दृश्य छ । गंगाम्मा जथाराको दृश्यमा अल्लु निकैबेर साडीमा देखिएका थिए । सुरुमा यो दृश्यबारे सुन्दा अभिनेता निकै डराएका थिए ।
हलिउड रिपोर्टर इन्डियासँग कुराकानीका क्रममा अभिनेताले यस्तो बताएका हुन् । फिल्मको यस दृश्यमा अल्लुले साडी मात्रै होइन चुरा र गहना पनि लगाएका थिए । सुरुमा निर्देशक सुकुमारले उनलाई यस दृश्यको बारेमा बताउँदा आफू निकै डराएको उनले बताए ।
तर जब उनलाई यो फिल्मको सबैभन्दा महत्वपूर्ण दृश्य हुनेछ भन्ने महसुस भयो अनि यसका लागि तयार भए । आफूहरूले एउटा अद्भुत फोटोशूट गराएको तर निर्देशकले यो ठिक भएन भनेर बताएको उनी भन्छन् ।
‘म चाहन्छु कि तिमीले साडी लगाऊ, महिलाले जस्तै गरी लुगा लगाऊ ।’ त्यसपछि सो दृश्यको स्केच बनाइयो । त्यसपछि उक्त दृश्य छायाङ्कन गरियो । यो भूमिका अल्लुले उत्कृष्ट तवरले निर्वाह गरेका थिए । यो दृश्यका लागि अल्लुले कडा मेहनत गरेका थिए ।
‘यो दृश्य अलि अनौठो लाग्यो, तर के थाहा भयो भने एक अभिनेताको लागि यो फिल्मको सबैभन्दा खास दृश्यमध्ये हो ।’ उनले भने । यो दृश्यमा खास के थियो भने उनको अल्फा–नेस नगुमोस् भनेर साडी, चुरा र मेकअप लगाउँदा पनि अल्लुले मर्दाना लुक दिनु थियो ।
सुकुमार निर्देशित फिल्म ‘पुष्पा २– द रुल’मा अल्लु अर्जुनको साथमा रश्मिका मन्डाना मुख्य भूमिकामा देखिएकी थिइन् । यो फिल्मले कमाइको हिसाबले बक्स अफिसका सबै रेकर्ड तोड्यो । फिल्मले विश्वभर १ हजार ७९९ करोड रुपैयाँ कमाएको थियो । यो फिल्म ‘पुष्पा– द राइज’को दोस्रो भाग थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण