एनप्याब्सनमा दुई समूहले छुट्टाछुट्टै महाधिवेशन गर्दै
काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन)का दुईवटा समूहले छुट्टाछुट्टै महाधिवेशन गर्न लागेका छन् ।
अध्यक्ष पाण्डव हमाल नेतृत्वको समूहले फागुन १५ र १६ गते वीरगन्जमा महाधिवेशन गर्ने घोषणा गरेको छ । त्यस्तै अर्का अध्यक्ष सुवास न्यौपाने समूहले फागुन १६ र १७ गते नै काठमाडौँमा महाधिवेशन गर्ने घोषणा गरेको छ ।
आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी न्यौपाने समूहले महाधिवेशनको घोषणा गरेको हो ।
दुवै समूहले संस्थाको आठौँ महाधिवेशन गर्न लागेका हुन् । दुवै समूहले आफू आधिकारिक रहेको दाबी गर्दै समेत आएका छन् ।
२०७८ साल फागुन २२ र २३ गते नेपालगन्जमा ७ औँ महाधिवेशन सम्पन्न भएको थियो । त्यो बेला निर्वाचन नगरेर सहमतिको आधारमा १८/१८ महिनाको अध्यक्षता बाडेको थियो । पहिलो १८ महिना हमालले अध्यक्षता गर्ने र त्यसपछिको १८ महिना सुवास न्यौपानेले गर्ने लिखित रूपमा सहमति भएको थियो ।
‘त्यहाँ इमान्दारिता र नैतिकताको समस्या देखियो । १८ महिनापछि पाउनुपर्ने कुरा नपाएर मेरो पदस्थापन भइसकेपछि उच्च अदालतमा मुद्दा दायर गर्नुभयो । अदालतले रिट खारेज गरिदियो,’ न्यौपानेले भने ।
हमालले पद हस्तान्तर नगरी अध्यक्षताको दाबी नछाडेपछि न्यौपाने समूहले पदबहाली घोषणा गरेर दुवै समूहले समानान्तर गतिविधि चलाउँदै आएका थिए । हमालले भने छलफल नै नगरी हस्तान्तरण नहुँदै स्वघोषणा गरेपछि समस्या आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण