केपी ओली कप
ओलीको जन्म दिनमा केक काटेर ‘केपी ओली कप’को शुभारम्भ, तस्बिरमा हेर्नुहोस्
आइतबार, ११ फागुन २०८१, १४ : ५५
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म दिनको अवसरमा केक काटेर ‘केपी ओली कप’को शुभारम्भ गरिएको छ । एन्फा कम्प्लेक्समा आइतबार ओलीले ७४ औँ वर्षमा प्रवेश गरेको अवसरमा ओलीले केक काटेर ‘केपी ओली कप’को शुभारम्भ गरेका हुन् ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आइतबारदेखि काठमाडौँमा तेस्रो संस्करणको केपी ओली कप फुटबल च्याम्पियनसिप भइरहेको छ । प्रतियोगिताको पहिलो खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेदेखि उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपीएफ एफसी हुने जनाइएको छ । प्रतियोगितामा दुई विदेशीसहित ९ टोलीले सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने युवा संघले जनाएको छ ।





















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण