अनुहारमा दही लगाउँदाका यस्ता छन् नोक्सान
काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै अनलाइनमा हेरचाहका अनेक उपायहरू हेर्न र देख्न पाइएको छ । दही प्रयोग गर्नाले अनुहारको गोरोपन बढ्छ भनेर केही मान्छेले भनेको तपाईँले सुन्नु पनि भएको होला ।
दहीले अनुहारको फोहोरलाई भित्रबाट सफा गर्छ, जसले गर्दा अनुहारको चमक बढाउँछ । तर यसको प्रयोगले गोरोपन भने कहिल्यै बढ्दैन । गोरोपना पाउन मानिसहरू आफ्नो अनुहारमा प्रचुर मात्रामा दही लगाउँछन् । तर अनुहारमा धेरै मात्रामा दही प्रयोग गर्दा के हानी होला भनेर जान्न जरुरी छ ।
अत्यधिक सुख्खापन वा जलन
अनुहारमा दिनहुँ दही लगाउनाले अनुहार चम्किलो हुन्छ भन्ने तपाईँलाई लाग्छ भने तपाईँले थाहा पाउनु पर्ने अर्को कुरा के हो भने यसले अनुहार सुख्खा पनि बनाउँछ । दहीमा ल्याक्टिक एसिड हुन्छ, जसले छालालाई एक्सफोलिएट गर्छ । यही कारणले गर्दा छालाको सुख्खापन पनि बढ्छ ।
एलर्जीको समस्या बढ्छ
आजकल धेरै मानिसहरू एलर्जी लगायत समस्याबाट पीडित छन् । तपाईँलाई पनि यसको एलर्जी छ तर पनि अनुहारमा दही लगाउनुभयो भने, यसले अनुहारमा जलनको समस्या बढ्न सक्छ । जलन र चिलाउने समस्या धेरै भइरहेको छ भने घरेलु उपचार अपनाउने भन्दा पनि सिधै डाक्टरकहाँ देखाउन जानुहोस् ।
सनबर्नको खतरा
दही लगाएपछि घाममा निस्कनुभयो भने अनुहारमा सनबर्न हुन सक्छ । दहीमा प्राकृतिक एसिड हुन्छ, जसले छालालाई घामप्रति संवेदनशील बनाउन सक्छ । त्यसैले, अनुहारमा दही साँझ पछि मात्रै प्रयोग गर्नुहोस् ।
डन्डीफोरको समस्या
दहीमा प्राकृतिक ब्याक्टेरिया हुन्छ, जसले गर्दा केही मानिसहरूको छालामा यसले डन्डीफोर गराउन सक्छ । खास गरी यसलाई लामो समयसम्म अनुहारमा राखियो भने डन्डीफोर निम्त्याउँछ । यस्तोमा यदि तपाईँ आफ्नो अनुहारमा दही लगाउँदै हुनुहुन्छ भने समयको विशेष ख्याल राख्नुहोस् ताकि डन्डीफोर जस्ता समस्याले नसताओस् ।
अनुहारमा दही लगाउँदा ध्यान दिन पर्ने कुराहरू:
–तपाईँको छालाका लागि दही उपयुक्त भए पनि यसलाई हप्तामा २–३ पटकभन्दा बढी नलाग्नुहोस् ।
–दही लगाएपछि, यसलाई राम्ररी धुनुहोस् अनि मोइस्चराइजर लगाउनुहोस् ।
–घाममा निस्कनुअघि अनुहारमा मज्जाले सनस्क्रिन लगाउन नबिर्सनुहोस् ।
–तपाईँ पहिलो पटक अनुहारको छालामा दही लगाउँदै हुनुहुन्छ भने सुरुमा प्याच परीक्षण गरेर मात्रै यसको प्रयोग गर्नुहोस् ।
अस्वीकरणः यहाँ दिइएका सल्लाह अनलाइनबाट तयार पारिएको हो । यसले सामान्य जानकारी मात्रै दिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण