लुम्बिनी प्रादेशिक अस्पताल एसएमएस मूल्याङ्कनमा उत्कृष्ट
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन (एसएमएस)मा लगातार उत्कृष्ट नतिजा प्राप्त गरेको छ । अस्पतालले यस वर्ष पनि ‘सेकेण्डरी बी’ लेभल मूल्याङ्कनमा देशभरका अस्पतालहरूमध्ये सबैभन्दा बढी ८९ अङ्क प्राप्त गर्दै प्रथम बन्न सफल भएको हो ।
अस्पतालमा आइतबार आयोजित सेवा मूल्याङ्कन समीक्षा कार्यक्रममा उपलब्ध सेवा, उपकरण, भौतिक संरचना तथा जनशक्ति लगायतको बारेमा जानकारी गराइएको थियो । यसभन्दा अगाडि आर्थिक वर्ष ७९।८० मा ८० प्रतिशत र आर्थिक ७८।७९ मा पनि ८० अङ्क प्राप्त गरेर प्रथम बन्न सफल भएको अस्पताल प्रशासनले जनाएको छ ।
लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. वासुदेव उपाध्यायले सेवालाई थप बिस्तार र विशिष्टीकृत गर्दै लैजान आग्रह गरे । प्रदेश सरकारले अस्पतालका लागि आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा बजेट दिन तयार रहेको उनले बताए ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद गिरीले प्रदेशको समग्र स्वास्थ्य सेवामा सुधार ल्याउने गरी प्रदेश सरकारले काम गरिरहेको बताए ।
अस्पताल विकास समितिका अध्यक्ष अजय मान श्रेष्ठले न्यूनतम स्वास्थ्य सेवा मापदण्ड मूल्याङ्कनमा प्राप्त भएको उल्लेख गर्दै
अस्पतालको निर्माणाधीन भवनबाट स्वास्थ्य सेवा सञ्चालनका लागि अहिले देखिनै सञ्चालन कार्यविधि (ओएमएस) निर्माण गर्नुपर्नेमा जोड दिए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले अस्पतालमा सेवा बिस्तार कार्यक्रम अन्तर्गत गाइनोतर्फ डेडिकेटेट अपरेसन थिएटर सञ्चालन, डिजिटल पेमेन्ट सेवा, एसएमएस मार्फत मेडिकल रिपोर्ट सेवा, फार्मेसी सेवा बिस्तार, २४ सै घण्टा बीमा सेवा कार्यक्रम, सामाजिक सेवा इकाई सञ्चालन लगायतका कार्यहरू भएको जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण