आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत
आइतबार, ११ फागुन २०८१, १८ : ३८

दुबई । आईसीसी च्याम्पियन्स ट्रफीमा समूह ए अन्तर्गतको दोस्रो खेलमा पाकिस्तानले भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४९.४ ओभरमा सबै विकेटको क्षतिमा २ सय ४१ रन बनाएको हो ।
टोलीका लागि साउद शकिलले सर्वाधिक ६२ रनको योगदान दिए । उनले ७६ बलमा ५ चौका प्रहार गरे । कप्तान मोहम्मद रिजवानले ७७ बलमा ४६ रन जोडे । उनले ३ चौका हिर्काए ।
खुसदिल शाहले ३९ बलमा ३८ रन बनाए । उनी अन्तिम ओभरमा आउट हुनअघि २ छक्का प्रहार गरे । त्यस्तै, बाबर आजमले २६ बलमा २३ रन तथा सलमान आघाले १९ रन बनाए ।
भारतका लागि कुलदीप यादवले ९ ओभर बलिङ गर्दै ४० रन खर्चेर ३ विकेट लिए । हार्दिक पाण्ड्याले २ विकेट हात पारे भने हर्षित राना, अक्षर पटेल र रवीन्द्र जडेजाको नाममा एक–एक विकेट रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् अन्तर्राष्ट्रिय कला प्रदर्शनी
-
नेपालका राजनीतिक दलहरू राज्य दोहनका साधन बने : बाबुराम भट्टराई
-
सामाजिक सञ्जालमार्फत भइरहेको गलत सूचना नियन्त्रण गर्ने कानुन तत्काल ल्याउन मुख्यमन्त्री कार्कीको आग्रह
-
बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री मधुबालाको दुखद कथा
-
कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन : विवादित स्थलमा सुरक्षा घेरामा काम गरिँदै (तस्बिरहरू)
-
राष्ट्रसङ्घीय प्रमुख र इरानी विदेशमन्त्रीबिच छलफल