आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत
आइतबार, ११ फागुन २०८१, १८ : ३८
दुबई । आईसीसी च्याम्पियन्स ट्रफीमा समूह ए अन्तर्गतको दोस्रो खेलमा पाकिस्तानले भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४९.४ ओभरमा सबै विकेटको क्षतिमा २ सय ४१ रन बनाएको हो ।
टोलीका लागि साउद शकिलले सर्वाधिक ६२ रनको योगदान दिए । उनले ७६ बलमा ५ चौका प्रहार गरे । कप्तान मोहम्मद रिजवानले ७७ बलमा ४६ रन जोडे । उनले ३ चौका हिर्काए ।
खुसदिल शाहले ३९ बलमा ३८ रन बनाए । उनी अन्तिम ओभरमा आउट हुनअघि २ छक्का प्रहार गरे । त्यस्तै, बाबर आजमले २६ बलमा २३ रन तथा सलमान आघाले १९ रन बनाए ।
भारतका लागि कुलदीप यादवले ९ ओभर बलिङ गर्दै ४० रन खर्चेर ३ विकेट लिए । हार्दिक पाण्ड्याले २ विकेट हात पारे भने हर्षित राना, अक्षर पटेल र रवीन्द्र जडेजाको नाममा एक–एक विकेट रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण