कोहलीको शतक, पाकिस्तान पराजित
दुबई । आईसीसी च्याम्पियन्स ट्रफीमा समूह ए अन्तर्गतको दोस्रो खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको छ । पाकिस्तानले प्रस्तुत गरेको २ सय ४२ रनको लक्ष्य भारतले ४२.३ ओभरमा मात्र ४ विकेटको क्षतिमा पछ्यायो ।
भारतको यो लगातार दोस्रो जित हो भने पाकिस्तानको लगातार दोस्रो हार । भारतले पहिलो खेलमा बंगलादेशलाई हराएको थियो । आयोजक पाकिस्तान भने न्युजिल्याण्डसँग स्तब्ध बनेको थियो ।
आइतबारको खेलमा भारतका लागि स्टार ब्याटर विराट कोहली नायक बने । उनले नटआउट रहँदै शतक बनाए । १११ बलको सामना गर्दै कोहलीले ७ चौकाको मद्दतले १ सय रन बनाए ।
त्यस्तै, श्रेयस ऐयरले ६७ बलमा ५६ रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरे । अघिल्लो खेलमा शतक बनाएका शुभमन गिल अर्धशतक बनाउनबाट चुके । उनले ५२ बलमा ४६ रन जोडे । कप्तान रोहित शर्मा २० रन बनाएर आउट भए ।
पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले २ विकेट लिए भने अबरार अहमद र खुसदील शाहले १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४९.४ ओभरमा सबै विकेटको क्षतिमा २ सय ४१ रन बनाएको थियो । टोलीका लागि साउद शकिलले सर्वाधिक ६२ रनको योगदान दिए । उनले ७६ बलमा ५ चौका प्रहार गरे । कप्तान मोहम्मद रिजवानले ७७ बलमा ४६ रन जोडे । उनले ३ चौका हिर्काए ।
खुसदिल शाहले ३९ बलमा ३८ रन बनाए । उनी अन्तिम ओभरमा आउट हुनअघि २ छक्का प्रहार गरे । त्यस्तै, बाबर आजमले २६ बलमा २३ रन तथा सलमान आघाले १९ रन बनाए ।
भारतका लागि कुलदीप यादवले ९ ओभर बलिङ गर्दै ४० रन खर्चेर ३ विकेट लिए । हार्दिक पाण्ड्याले २ विकेट हात पारे भने हर्षित राना, अक्षर पटेल र रवीन्द्र जडेजाको नाममा एक–एक विकेट रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण