बुधबार, ०४ असार २०८२
ताजा लोकप्रिय

कर्णालीमा बन्दै  ‘तरल नाइट्रोजन प्लान्ट’ : भवनको डीपीआर बनाउन मात्रै ४० लाख खर्च

सोमबार, १२ फागुन २०८१, १२ : ४२
सोमबार, १२ फागुन २०८१

सुर्खेत । कर्णाली प्रदेश सरकारले ‘तरल नाइट्रोजन प्लान्ट’ बनाउँदै छ । त्यसका लागि सोमबार भवनको शिलान्यास गरिएको छ । मुख्यमन्त्री यामलाल कँडेल र भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले संयुक्त रुपमा भवनको शिलान्यास गरे । 

चालु आर्थिक वर्ष ४ करोड ८५ लाख बजेट विनियोजन गरेर प्लान्ट निर्माण सुरु भएको गरिएको कृषिमन्त्री शाहले बताए । प्लान्टको विस्तृप्त परियोजना प्रतिवेदन (डीपीआर) गत वर्ष नै बनाइएको थियो । डीपीआर बनाउन मात्रै सरकारले ४० लाख खर्च गरेको मन्त्रालयले जनाएको छ ।

पशुको वीर्य भण्डारण तथा कृत्रिम गर्भाधानको उद्देश्य अनुसार यो आयोजना अघि बढाइएको हो । भवन मन्त्रालय मातहतको कार्यालय पशुपन्छी विकास निर्देशनालयको परिसरमा निर्माण सुरु गरिएको छ । प्लान्ट स्थापनापछि गाई, भैँसीको नश्ल सुधार, उच्च गुणस्तरका पाडा र बाच्छा उत्पादन हुनेछन् । 

‘तरल नाइट्रोजन प्लान्ट’ स्थापनाबाट प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउन लगायत उन्नत जातका पाडारबाच्छा उत्पादनमा टेवा पुग्ने मन्त्री शाहले बताए ।  बाहिरबाट खरिद गरेर ल्याइएका उच्च जातका राँगा र साँढेको जमेको वीर्यलाई सुरक्षित राख्न र कृत्रिम गर्भाधान प्रक्रियामा प्रयोग गर्न प्लान्ट सहयोगी हुने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप