कर्मचारीलाई हात लगाएपछि न्युजिल्याण्डका मन्त्रीद्वारा राजीनामा
अक्ल्याण्ड । आफ्नो कर्मचारीलाई हात लगाएपछि न्युजिल्याण्डका वाणिज्य मन्त्री एन्ड्रयु बेयलीले राजीनामा दिएका छन् । बेयलीले गत हप्ता एक कर्मचारीको हातको माथिल्लो भागमा ‘समातेका’ थिए, जसलाई उनले ‘असहनशील’ व्यवहार भनेर स्वीकार गरेका हुन् ।
बेयलीले सोमबार घटनाप्रति माफी माग्दै त्यसलाई विवादभन्दा पनि ‘बहस’ को संज्ञा दिए । उनले मन्त्री पदबाट राजीनामा दिए पनि सांसद पदमा भने कायम रहेका छन् ।
उनी विवादमा तानिएको यो पहिलो अवसर भने होइन । उनले गत अक्टोबरमा वाइन उद्योगका कर्मचारीलाई ‘लुजर’ भन्दै आफ्नो निधारमा हातले ‘एल’ शब्दको आकार बनाएका थिए ।
प्रधानमन्त्री क्रिस्टोफर लक्सनका अनुसार यो घटना गत मंगलबार भएको थियो भने बेयलीले शुक्रबार आफ्नो राजीनामा पेस गरेका थिए । बेयली न्युजिल्याण्डको संसद्मा पहिलो पटक सन् २०१४ मा निर्वाचित भएका थिए । राजनीतिमा आउनअघि उनी आर्थिक क्षेत्रमा क्रियाशील थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण