को हुन् जर्मनीका भावी चान्सलर फ्रेडरिक मर्ज ?
बर्लिन । जर्मनीमा भएको आम चुनावमा क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) का नेता फ्रेडरिक मर्जले ठूलो जित हासिल गरेका छन् । उनको पार्टी गठबन्धन सीडीयू/सीएसयूले निर्वाचनमा सबैभन्दा धेरै २८ दशमलव ५५ मत प्राप्त गरेको छ । यो गठबन्धनले वर्तमान चान्सलर ओलाफ स्कोल्जको सोशल डेमोक्रेटिक पार्टी (एसपीडी)लाई हराएको छ । स्कोल्जले पनि आफ्नो हार स्वीकार गरिसकेका छन् । मर्ज जर्मनीका भावी चान्सलर हुन् ।
१९५५ को नोभेम्बर ११ मा मा जर्मनीको ब्रिलोन शहरमा जन्मिएका मर्ज परिवारिक पृष्ठभूमि कानून हो । कानूनको पढाई गरेका मर्जले १९८१ मा चार्लाेट मर्जसँग विवाह गरेका छन् । चार्लोट पेशाले न्यायाधीश हुन् । फ्रेडरिक र चार्लोटका तीन सन्तान छन् ।
यस्तो छ मर्जको राजनीतिक यात्रा
१९८९- युरोपेली संसदमा निर्वाचित ।
१९९४- जर्मन संसद, बुन्डेस्ट्यागको चुनावमा जित ।
२०००- सीडीयू पार्टीको संसदीय नेता बने, तर २००२ मा एन्जेला मर्केललाई पद हस्तान्तरण गर्नुपर्यो ।
२००५- सीडीयू र एसपीडीले गठबन्धन सरकार बनाएपछि उनी राजनीतिमा सीमान्तकृत भए ।
२००९- सक्रिय राजनीति छोडेर कानून र वित्तमा करियर बनाए ।
२०१८- मा मर्ज पुनः राजनीतिमा फर्किए । एन्जेला मर्केलले अवकाशको घोषणा गरेपछि उनी राजनीतिमा फर्किए । तर सीडीयूको अध्यक्षको चुनाव हारे ।
२०२०- फेरि पार्टी अध्यक्षमा लडे । तर यस पटक पार्टीले आर्मिन लास्चेटलाई रोज्यो ।
२०२१- तेस्रो पटक चुनाव लडे र संसदमा फर्किए, तर पार्टीले चुनाव हार्यो ।
२०२२- फ्रेडरिक मर्ज सीडीयूको को राष्ट्रिय अध्यक्ष बने ।
फ्रेडरिक मर्जले अवैध आप्रवासीहरूमाथि कठोर अडान राख्छन् । उनी जर्मनीको अर्थतन्त्रलाई बलियो बनाउनमा जोड दिइरहेका छन् । तर अब उनको सबैभन्दा ठूलो चुनौती जर्मनीमा सत्ता सम्हाल्न गठबन्धन सरकार गठन गर्नु हुनेछ । उनको फिर्तीसँगै, दोस्रो विश्वयुद्धपछि पहिलो पटक जर्मनीमा अतिवादी दक्षिणपन्थी पार्टी सत्तामा आउँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण