युएसएडका ४ हजारभन्दा बढी कर्मचारी बिदामा, डेढ हजारभन्दा बढीको जागिर गुम्यो
सोमबार, १२ फागुन २०८१, १२ : ५४
वासिङ्टन । अमेरिकाको अन्तर्राष्ट्रिय विकास सम्बन्धी एजेन्सी ‘युएसएड’का अधिकांश कर्मचारीलाई बिदामा पठाइएको वा जागिरबाट निकालिएको छ ।
डोनाल्ड ट्रम्प राष्ट्रपति बनेलगत्तै युएसएडमार्फत विभिन्न मुलुकलाई दिँदै आएको वित्तीय सहायता निश्चित अवधिका लागि रोक्ने निर्णय गरेका थिए । त्यसयता करिब चार हजार २०० कर्मचारीलाई बिदामा पठाइएको छ । यसैगरी कम्तीमा एक हजार ६०० कर्मचारीलाई जागिरबाट हटाइएको छ ।
युएसएड सन् १९६१ मा स्थापना गरिएको थियो । यस अन्तर्गत करिब १० हजार कर्मचारी कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण