स्वास्थ्यमन्त्रीले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारेको आरोप
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारेको आरोप लगाएकी छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाएकी हुन् । उनले मन्त्री पौडेलले स्वास्थ्य बीमाको सीमालाई पाँच लाख पुर्याउँछु भनेर महत्वकांक्षी सपना बाढेर अहिले बजेट अभाव देखाएर पन्छिन खाजेको आरोप लगाइन् ।
उनले कार्यक्रम चलेको बेलामा जस लिन खोजेको भन्दै मन्त्री पौडेललाई परिवार र मन्त्रालयबाटै स्वास्थ्य बिमा कार्यक्रम अनिवार्य गर्न सुझाव दिइन् ।
उनले भनिन्, ‘स्वास्थ्य बीमाको सिमालाई पाँच लाख पु¥याएँछु भन्ने महत्वकांक्षी सपना बाँढडनु हुने स्वास्थ्यमन्त्रीबाट नै अब यो भुक्तानि गर्न सकिएन, बजेट पुगेन, स्वास्थ्य बीमा बन्द हुन लाग्यो भन्ने लाचार भएर दिएको अभिव्यक्ति सुनेर अचम्म लाग्यो । चल्ने बेला चाहीँ स्वास्थ्य बीमा हामीले ल्यायौं भनेर जस लिन खोज्ने अनि नचल्ने बेला यसलाई अलपत्र पारेर वर्षौंसम्म यसलाई हतोत्साहि बनाउने बानी राम्रो भएन । यसका लागि सल्ला दिन सल्लाहकार पुग्दैन भने मार्ग प्रशस्त गरिदिनुहोला । हामी सल्लाह दिन तयार छौं । स्वास्थ्य बीमा शुरु गरौं मन्त्रीज्युका परिवार र मन्त्रालयबाटै गरौं ।’
उनले स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण