बिक्की कौशलको 'छावा' ३ सय करोड क्लबमा, करिअरकै ठुलो ओपनिङ
नयाँ दिल्ली । बलिउड अभिनेता विक्की कौशलको फिल्म ‘छावा’ले बक्स अफिसमा आफ्नो पकड बलियो बनाएको छ।
बसेको छ । विक्की कौशल, रश्मिका मन्डन्ना र अक्षय खन्नाको मुख्य भूमिका रहेको 'छावा' फेब्रुअरी १४ मा सिनेमाघरमा रिलिज भएको थियो । रिलिज भएको १० दिन बितिसक्दा पनि यसले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ ।
छत्रपति शिवाजी महाराजका छोरा संभाजी महाराजको जीवनमा आधारित पिरियड ड्रामा फिल्म यस वर्षको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । यससँगै यो फिल्म विक्की कौशलको करिअरको सबैभन्दा ठुलो ओपनिङ साबित भएको छ ।
रिलिजको १० औं दिनको सुरुवाती कलेक्सन अनुसार 'छावा' ३०० करोड क्लबमा प्रवेश गरेको छ । शनिबार फिल्मले ४४ करोड १० लाख भारु कमाएको थियो । आइतबार फिल्मको कमाइ ४० करोड भारु रह्यो । योसँगै भारतीय बक्स अफिसमा फिल्मको कलेक्सन ३ सय ३३ करोड भारु नाघेको छ।
फिल्मले आँधीको गतिमा कमाइ गरिरहँदा अर्जुन कपुर, भूमि पेडनेकर र रकुल प्रीत सिंहको फिल्म ‘मेरे हस्बैंड की बीबी’ लगायत कैयौँ फिल्मलाई टिक्न गाह्रो भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण