बंगलादेशको एयरफोर्स बेसमा हमला, एक जनाको मृत्यु
ढाका । बङ्गलादेशको एयरफोर्स बेसमा आक्रमण भएको छ । अचानक केही व्यक्तिहरुले कक्स बजारको समिति पारा नजिकै रहेको सेनाको हवाई अड्डामा आक्रमण गरेका हुन् ।
हमलाको जानकारी बङ्गलादेशको इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर)ले दिएको हो । यो सूचनामा आईएसपीआरका सहायक निर्देशक आयशा सिद्धिकाले हस्ताक्षर गरेका छन् ।
यसमा वायुसेनाले प्रतिक्रियामा आवश्यक कारबाही गरिरहेको बताइएको छ । यस कारबाहीमा एक आक्रमणकारीको मृत्यु भएको भनिएको छ । आईएसपीआरका अनुसार फेब्रुअरी २४ मा केही बदमासहरूले अचानक कक्स बजारमा रहेको बङ्गलादेश वायुसेना (बीएएफ)को बेसमा आक्रमण गरेका थिए ।
आक्रमणकारी समिति पारा क्षेत्रको भएको बताइएको छ । कक्स बजारका उपयुक्त मोहम्मद सलाहुद्दीनले दिउँसो स्थानीय र बीएएफका कर्मचारीहरूबिच झडप भएको पुष्टि गरेको भन्दै टीबीएस न्युजले समाचारमा भनेको छ ।
दुवै पक्षसँग वार्ता गरी झडपको कारणमाथि छानबिन गरिने र आवश्यक कदम चालिने सलाहुद्दीनले भनेका छन् । घटना १२ बजे आसपास भएको बताइएको छ ।
प्रहरीका अनुसार झडपका क्रममा शिहाब कबिर नाम गरेका व्यक्तिलाई गोली लागेको छ । रिपोर्टका अनुसार प्रहरीले कसैलाई पनि घटनास्थलमा जान दिएको छैन ।
झडप कसरी सुरु भयो र आक्रमण किन गरियो भन्ने बारेमा प्रहरीले केही बताएको छैन । उक्त क्षेत्रमा सुरक्षा व्यवस्था बढाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण