जापानमा हिम पहिरोको चेतावनी जारी
टोकियो । जापानको मौसम सम्बन्धी निकायले दुई सातादेखि हुस्सु लाग्ने, हिउँ पर्ने चिसो मौसमी परिवर्तनबिच आगामी दिनमा थप भारी हिमपातको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।
मौसममा आउने परिवर्तनका कारण सडकहरूमा हिउँ जम्ने र सम्भावित हिमपहिरो आउनसक्ने अवस्थाप्रति सतर्क रहन यात्रामा निस्कने नागरिकहरूलाई आग्रह गरेको छ । धेरै स्की रिसोर्टहरू रहेको जापानी समुद्री क्षेत्रका वरपर राज्यहरूले हरेक वर्ष भारी हिमपातको अनुभव गर्छन् ।
जापानी रिसोर्टहरूले विदेशबाट आउने पर्यटकहरूको बढ्दो सङ्ख्यालाई आकर्षित गर्दछ। जापानका धेरै शहरमा यो महिना उच्च हिमपात हुँदा ठाउँठाउँमा यातायात अवरुद्ध हुनुका साथै दर्जनौँ मानिसहरूको मृत्यु भएको छ ।
जापानको मौसम विज्ञानसम्बन्धी निकाय (जेएमए) ले सोमबार निगाता, इशिकावा र नागानो प्रान्तका साथै हिरोशिमा र शिमाने प्रान्तलगायत केही पश्चिमी क्षेत्रमा थप हिमपातको सम्भावना रहेको जनाएको छ ।
एजेन्सीले ती क्षेत्रमा हिमस्खलन, हिउँले ढाकिएका सडक र पानीका पाइपहरू जमेकाले सतर्क रहन पनि चेतावनी दिएको छ। स्थानीय समयअनुसार सोमबार बिहान १०ः ०० बजेसम्म उत्तरी आओमोरी शहरमा पाँच मिटर (१६ फिट), निगाटाको उओनुमामा ३.८१ मिटर र फुकुशिमा प्रान्तको तादामीमा ३.१३ मिटर हिउँ जमेको जेएमएले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण