नेतृत्व टीम नबदलिएसम्म पार्टी निर्माण हुन सक्दैन : जनार्दन शर्मा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टी निर्माणका लागि नेतृत्व टिमले आफूलाई बदल्नुपर्ने बताएका छन् ।
सोमबार झापाको कचनकवलमा तराई–मधेस जागरण अभियानलाई सम्बोधन गर्दै उनले देशलाई बदल्न पहिला नेतृत्व टिम रूपान्तरण हुनुपर्ने बताएका हुन् । ‘माओवादी नेतृत्व टिमले आफूले आफैलाई बदल्नु छ । रूपान्तरण हुन नसके हामीले जनताको आवाज पुरा गर्न सक्दैनौ । आज संविधानले दिएको मौलिक हक स्वास्थ्य, शिक्षा, रोजगारी जस्ता सेवा जनताले पाउन सकेका छैनन् । त्यसलाई पुरा गर्न नेतृत्व टिम बदलिनुपर्छ । फेरि त्यागको भावना देखाउनुपर्छ । लोभ मोहमा फस्ने हो भने सक्दैन’, उनले भने, शान्ति प्रक्रियामा आएको १८ वर्षमा हामी अलमलियौँ । वैचारिक अस्पष्टता भयो । कहिले विद्रोह भन्यौँ । कहिले चुनाव भन्यौँ । माओवादीलाई एकताबद्ध गरी कुनै आग्रह वा पूर्वाग्रह नराखी सबैलाई समानुपातिक समावेशी पार्टी निर्माण गरी सक्षम, बलियो पार्टी निर्माण र नेतृत्व आजको आवश्यकता हो । यो सर्त पुरा नभई अब पार्टी अगाडि जान सक्दैन ।’
समाजवादको आधार तयार गर्न जनताले चाहेको चुनेको पार्टी निर्माण गर्नुपर्ने दिशामा लैजान महाधिवेशनसम्म पुग्नुपर्छ भन्ने दिशामा पुगेको शर्माले स्पष्ट पारे । त्यागको शिक्षा लिन हामी जनतामा आएको स्पष्ट पार्दै उनले लोकतन्त्रलाई पार्टीभित्र स्थापित गर्दै आम जनताको लोकतन्त्रलाई नेतृत्व गर्ने क्षमतासहित पार्टी निर्माणमा उनले जोड दिए । साथै केपी ीओली सरकारको गतिहीनता, भ्रष्टाचारी रवैया र नोकरशाहीतन्त्रको रवैयालाई भण्डाफोर गर्दै अगाडि बढ्नुपर्ने शर्माले बताए ।
‘चाहे अध्यादेश वा संविधान संशोधनको नाममा होस् वा दलाल नोकरशाहीको सेवामा भएका काम होस् त्यसको भण्डाफोर गर्न हामी जनतामा आएका हौँ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण