मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद् बैठकमा कुलमानका विषयमा छलफल भएन
सोमबार, १२ फागुन २०८१, २१ : ४७
काठमाडौँ । आज बसेको मन्त्रिपरिषद् बैठकमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा कुनै छलफल हुन सकेन ।
बैठकमा सहभागी एक मन्त्रीले घिसिङका विषयमा कुनै छलफल नभएको बताए । सरकारको निर्देशन नमानेको भन्दै घिसिङ विरुद्ध सरकार रुष्ट छ ।
उर्जामन्त्री दीपक खड्काले केही दिन अघि संसदमै कुलमानले सरकारको निर्देशन नमानेको र प्रचारबाजीमा उत्रने गरेको बताएका थिए । स्रोतका अनुसार केही दिन पहिला नै मन्त्री खड्काले घिसिङलाई हटाउन प्रस्ताव मन्त्रिपरिषदमा लगिसकेका छन् ।
सो कुराको सूचना पाएपछि प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकार षड्यन्त्रपूर्वक कुलमान हटाउन लागिपरेको बताउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण