यस्तो कीर्तिमान बनाउने विश्वकै पहिलो क्रिकेटर बने न्युजिल्यान्डका रचिन रवीन्द्र
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको नवौँ संस्करणमा न्युजिल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । लगातार दुई जितपछि न्युजिल्यान्डको टोली प्रतियोगिताको सेमिफाइनलमा पनि प्रवेश गरिसकेको छ ।
आफ्नो पहिलो खेलमा आयोजक पाकिस्तानलाई ६० रनले हराएको न्युजिल्यान्डले दोस्रो खेलमा भने बङ्गलादेशलाई पाँच विकेटले पराजित गरेको थियो । बंगलादेशविरुद्धको खेलमा पाकिस्तानका लागि युवा ब्याट्सम्यान रचिन रवीन्द्रले शतकीय पाली खेलेका थिए ।
२५ वर्षीय रचिनले एक सय पाँच बलमा एक छक्का र १२ चौकाको मद्दतले एक सय १२ रन बनाएका थिए । रचिनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो चौथो शतक हो । यो शतकसँगै विश्व क्रिकेटमा उनले एउटा गतिलो कीर्तिमान पनि बनाएका छन् ।
खासमा, रचिन रवीन्द्र आईसीसी एकदिवसीय विश्वकप र च्याम्पियन्स ट्रफीमा आफ्नो ‘डेब्यू’ खेलमै शतक प्रहार गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् । बंगलादेशविरुद्धको खेल च्याम्पियन्स ट्रफीमा रचिनको ‘डेब्यू’ खेल थियो ।
न्युजिल्यान्ड र पाकिस्तानबिचको खेलमा भने स्वास्थ्य समस्याका कारण उनी टोलीमा थिएनन् । सन् २०२३ मा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपमा पनि उनले आफ्नो ‘डेब्यू’ खेलमै शतक बनाएका थिए ।
उक्त विश्वकपमा न्युजिल्यान्डले इङ्ल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेलेको थियो । उक्त खेलमा न्युजिल्यान्ड नौ विकेटले विजयी भएको थियो । न्युजिल्यान्डको जितमा रचिनले अविजित एक सय २३ रन र ओपनर डेभोन कनवेले एक सय ५२ रनको योगदान गरेका थिए । विश्वकपमा रचिनको त्यो पहिलो खेल थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण