झापामा रिसाएका नारायणकाजीले चितवन पुगेर मागे माफी

चितवन । झापाको एक कार्यक्रममा बोल्न अवरोध गरिएको भन्दै रिसाएका नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चितवन पुगेर मागे माफी मागेका छन् l
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जनतासँग माओवादी तराई–मधेस जागरण अभियान उद्घाटनका क्रममा आफूलाई बोल्नका लागि अवरोध सिर्जना गर्न खोजिएपछि बोल्न छोडेको बताए l
मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अध्यक्ष प्रचण्डको आग्रहमा आफूले उद्घाटन समारोहमा बोल्न सुरु गर्दा मनोवैज्ञानिक रूपमा अवरोध गर्ने स्थिति उत्पन्न भएकाले मन्तव्यलाई अघि नबढाएको बताए ।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकहरूको भावनालाई सकारात्मक रूपमा लिँदै सार्वजनिक रूपमा नै क्षमायाचना गर्न चाहेको बताए ।
उक्त घटनालाई सामान्य रूपमा लिन आग्रह गर्दै उनले प्रचण्डको नेतृत्वमा पार्टी पुनर्गठन र एकताबद्ध ढङ्गले अघि बढाउन प्रतिबद्ध रहेको बताए l जनतासँग माओवादी तराई–मधेस जागरण अभियानलाई उक्त घटनाले कुनै असर नपर्ने पनि उनले स्पष्ट पारे ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अध्यक्ष प्रचण्डको नेतृत्वमा सुरु अभियान असाधारण ढङ्गले सफल हुने जिकिर गरे । उनले सरकारले निरङ्कुश ढङ्गले अध्यादेश ल्याएको र अध्यादेश देशको हितमा नरहेको धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली प्रमाणपत्रधारी सव–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
अवतरणको अनुमति नपाएपछि जर्मनी फर्कियो विमान
-
सर्लाहीका निलम्बित नगरप्रमुख भरत थापा ५० लाख धरौटीमा रिहा
-
भ्रातृसंस्थाबारे सभापति र महामन्त्री थापा दुईतिर
-
के तपाईंलाई थाहा छ, सिम कार्डको एउटा कुना किन काटिन्छ ?
-
सेयर बजारमा सामान्य सुधार, कारोबार रकम १३ अर्ब नाघ्यो