एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडान सकियो
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निजी स्तरबाट बनिरहेको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सकिएको छ ।
मैदानमा ५ वटा फ्लडलाइट जडान गरिएको छ । नेपालको कुनैपनि क्रिकेट मैदानमा फ्लड लाइट हालिएको यो पहिलो हो ।
७ करोड रुपैयाँ भन्दा बढी खर्च गरी जडान गरिएको फ्लड लाइट टेस्टिङको काम बुधवार (आज) देखि सुरु हुने स्टेडियमका प्रबन्ध निर्देशक विनोद कुँवरले जानकारी दिए । २०८० साल जेठ २९ गते शिलान्यास भएको स्टेडियमको ०८० फागुन २८ मा गते उद्घाटन गरी लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो । त्यसयता यो मैदानमा जिल्ला र स्थानीय स्तरमा सय भन्दा बढी खेल भइसकेका छन् ।
नेपालको १९ वर्ष मुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले यो मैदानमा अभ्यास समेत गरेको थियो । यही फागुन २५ गतेदेखि सुरु हुने प्रधानमन्त्री कप क्रिकेटका ४६ मध्ये १५ खेल यही मैदानमा हुनेछन् । प्रधानमन्त्री कपका लागि पनि अहिले मैदानमा आवश्यक काम चलिरहेको छ । नेपाल क्रिकेट संघ क्यानले प्रधानमन्त्री कप क्रिकेटका लागि एक्स्ट्राटेक ओभललाई छनोट गरेकोमा खुसी लागेको प्रबन्ध निर्देशक कुँवरले बताए ।
सात वटा पिच रहेको मैदानमा अब खेल हुने मात्रै नभइ नेपालमै पहिलो फ्लड लाइटमा डे नाइट म्याच हुने चरणमा प्रवेश गरेको छ ।
केही दिनमा लाइट टेस्टिङको काम सकेर डे नाइट म्याचका लागि तयार हुनेछ । आवश्यक परे लाइटको क्षमता थप्ने तयारीका साथ आफूहरू बसिरहेको र सम्बद्ध निकाय अनि खेलाडीबाट समेत त्यसको परीक्षण गराइने प्रबन्ध निर्देशक कुँवरले बताए ।
एकातिर मैदान तयार भएर फ्लड लाइटको काम चलिरहेको छ भने अर्कोतिर अरू संरचना निर्माणको काम पनि तीव्र गतिमा भइरहेको छ । नेट प्राक्टिसका लागि पनि पिच अन्तिम चरणमा पुगेको छ । नेट प्राक्टिसका लागि छ वटा पिच बनिरहेका छन् ।
अहिलेसम्म मैदानमा जग्गाबाहेक २५ करोड रुपैयाँ भन्दी बढी खर्च भइसकेको कुँवरले बताए । चार तलाको २ वटा भवन बनिरहेका छन् । जहाँ भीआईपी बक्स प्लेयर बक्स, चेन्जिङ रुम र मिडिया बक्स हुनेछन् । यी संरचनाको काम अन्तिम चरणमा छ ।
भीआईपी बिल्डिङमा नौ सय सिट क्षमताको प्यारापिट बन्नेछ । आगामी २ वर्षभित्र सक्ने लक्ष्य रहेको यो मैदानमा २५ हजार दर्शक क्षमताको प्यारापिट बन्नेछ । यो काम केही समयमा सुरु हुने कुँवरले बताए। उनकाअनुसार ५ हजार दर्शक क्षमतासहितको प्यारापिट एक वर्षभित्रै तयार भइसक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण