दक्षिण अफ्रिका र न्युजिल्यान्डको ऐतिहासिक उपलब्धि
मङ्गलबार, १३ फागुन २०८१, १४ : ४३
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको पहिलो संस्करणको उपाधि दक्षिण अफ्रिकाले जितेको थियो । सन् १९९८ मा सम्पन्न पहिलो संस्करणको फाइनलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई चार विकेटले पराजित गरेको थियो ।
त्यसयता दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीको उपाधि चुम्न सकेको छैन । आईसीसीद्वारा आयोजित सिनियर स्तरको प्रतियोगितामा दक्षिण अफ्रिकाले जितेको यो एक मात्र उपाधि हो । दक्षिण अफ्रिकाले हालसम्म आईसीसी एकदिवसीय विश्वकप र टी–२० विश्वकपको उपाधि जित्न सकेको छैन ।
यसैगरी, न्युजिल्यान्डले च्याम्पियन्स ट्रफीको दोस्रो संस्करणको उपाधि चुमेको थियो । सन् २००० मा सम्पन्न दोस्रो संस्करणको फाइनलमा न्युजिल्यान्डले भारतलाई चार विकेटले नै हराएको थियो । किवी टोलीले पनि आईसीसीद्वारा आयोजित सिनियर स्तरको प्रतियोगितामा जितेको यो एक मात्र उपाधि हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण