ज्ञानेन्द्र शाहकै कारण राजतन्त्र ढलेको थियो : गैरे
काठमाडौँ । नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रप्रति विषवमन गर्ने कोसिस गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै सांसद गैरेले पूर्वराजा शाहले प्रजातन्त्र दिवसको दिन सार्वजनिक गरेको भिडियो सन्देशले सहिदहरूको अपमान गरेको समेत आरोप लगाए ।
उनले पूर्वराजा शाहकै कारण राजतन्त्र ढलेको जिकिर समेत गरे । उनले शाहले संविधान उल्लङ्घन र निरङ्कुशता लाद्ने काम गरेकै कारण राजतन्त्रको समाप्त भएको बताए ।
उनले भने, ‘जननेता मदन भण्डारीले २०४६ सालको परिवर्तन लगत्तै २०४८ सालको निर्वाचनको ताका तत्कालीन राजाले संविधानको केही प्रावधान उल्लंघन गर्ने प्रयास गरेपछि जननेता मदन भण्डारीले भन्नुभएको थियो– महाराज हात नलम्काई बक्सियोस् । आँखा नझिम्काई बक्सियोस् । संविधानले यो व्यवस्थाले दिएको आसनमा बस्नुहोस् । हामीलाई कुनै आपत्ति छैन । तर, संविधान उल्लंघनको कोसिस भयो । भने राजतन्त्रको समाप्तिलाई कसैले रोक्न सक्ने छैन । राजाले ज्ञानेन्द्रले संविधान उल्लङघन गर्ने कोसिस गरे । संविधानले दिएको अवसरलाई दुरुपयोग र अपमान गर्ने कोसिस गरे । निरङ्कुशता लाद्ने र दलहरूलाई बन्दे लाउने कोसिस गरे । त्यसको परिणाम राजतन्त्रको अन्त्य भएको हो ।’
उनले पूर्वराजाको स्थानमा बसेर वर्तमान व्यवस्थाले दिएको अधिकारको सदुपयोग गर्न समेत शाहलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
-
शिक्षा, स्वास्थ्य लगायतमा लगाइएको कर फिर्ता नलिए आन्दाेलन गर्ने चेतावनी
-
नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण