उड्डयन प्राधिकरण सम्बन्धी विधेयक संसदमा पेस, सेवा प्रदायक र नियामक फरक बनाइने
मङ्गलबार, १३ फागुन २०८१, १५ : ५९
काठमाडौँ । सरकारले हवाई क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय फरक–फरक बनाउने गरी तयार गरेको विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरेको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन र नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक–२०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक–२०८१ प्रस्तुत गरेका हुन् ।
नेपालको नागरिक उड्डयन सेवालाई अन्तर्रष्ट्रिय मापदण्ड अनुसारको बनाउन र हवाई सेवालाई भरपर्दो बनाउनका लागि विधेयक तयार गरिएको मन्त्री पाण्डले जानकारी दिए ।
यसअघि २०८१ पुस ५ गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दुबै विधेयकलाई संसदमा पेश गर्ने निर्णय निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण