विकृति र विसंगति अन्त्यका लागि आध्यात्मिक जागरण आवश्यक : मुख्यमन्त्री आचार्य
मङ्गलबार, १३ फागुन २०८१, १७ : ५५
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समाजमा रहेका विकृति र विसंगतिलाई अन्त्य गर्न आध्यात्मिक जागरण आवश्यक रहेको बताएका छन् । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयद्वारा आयोजित महाशिवरात्रि महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले समाज परिवर्तनका लागि आध्यात्मिक जागरणको खाँचो रहेको औँल्याएका हुन ।
उनले समाजमा रहेका विकृति र विसंगति अन्त्य गर्नका लागि समाज परिवर्तनको आन्दोलनमा समर्पित हुन जरुरी रहेको बताए ।
उनले ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले समाजमा सकारात्मक चिन्तन र दृष्टिकोण निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आध्यात्मिक जागरणको अभियानलाई अझ प्रवर्द्धन गर्नुपर्ने बताए । साथै, आफू बिरामी पर्दा संस्थाले साथ दिएकै कारण आत्मबल बढाउन प्रेरणा प्राप्त भएको र नयाँ जीवन पाएको अनुभव पनि उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण