असल कर्जाको प्रोभिजनिङ दर घट्यो, बैंकहरुको साढे ४ अर्ब नाफा बढ्ने

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई दिएको ऋणबापत राख्नुपर्ने प्रोभिजनिङ घटेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थालाई यस्तो प्रोभिजनिङ १ प्रतिशतमा झारेको हो । यसअघि यस्तो प्रोभिजनिङ १.१० प्रतिशत थियो ।
कुनै बेला राष्ट्र बैंकले १.३० प्रतिशतसम्म पुर्याएको प्रोभिजनिङ अहिले १ प्रतिशतमा झारिएको हो । अहिले बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ऋणको आकार ४८ अर्ब ३० करोड रुपैयाँ हाराहारीमा छ । त्यसमध्ये करिब ४६ खर्ब रुपैयाँ असल कर्जा रहेको छ । उक्त कर्जाका लागि यसअघि करिब ५० अर्ब ६० करोड हाराहारीमा प्रोभिजनिङ गर्नुपर्ने अवस्था थियो ।
यो दर घटेसँगै अब प्रोभिजनिङ करिब ४६ अर्ब रुपैयाँमा झरेको छ । यसले करिब ४ अर्ब ६० करोड रुपैयाँ प्रोभिजनिङ घटेको छ । आगामी त्रैमासदेखि बैंक तथा वित्तीय संस्थाले यो रकमलाई नाफामा देखाउन पाउँछन् । बैंकहरुले प्रोभिजनिङलाई १ प्रतिशतमा झार्नुपर्ने माग मौद्रिक नीति तथा प्रथम समीक्षादेखि नै गर्दै आएका थिए । यो माग राष्ट्र बैंकले पूरा गरिदिएको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सरकारको खर्च ११ महिनामा ५८ प्रतिशत, कुन मन्त्रालयको अवस्था कस्तो ?
-
भोजपुरमा लोपोन्मुख ‘रेड पान्डा’को संरक्षण गर्न क्यामेरा जडान
-
अल हिलालसँग बराबरीमा रोकियो रियल
-
चैते धान थन्क्याउने चटारोमा किसान
-
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल