असल कर्जाको प्रोभिजनिङ दर घट्यो, बैंकहरुको साढे ४ अर्ब नाफा बढ्ने
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई दिएको ऋणबापत राख्नुपर्ने प्रोभिजनिङ घटेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थालाई यस्तो प्रोभिजनिङ १ प्रतिशतमा झारेको हो । यसअघि यस्तो प्रोभिजनिङ १.१० प्रतिशत थियो ।
कुनै बेला राष्ट्र बैंकले १.३० प्रतिशतसम्म पुर्याएको प्रोभिजनिङ अहिले १ प्रतिशतमा झारिएको हो । अहिले बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ऋणको आकार ४८ अर्ब ३० करोड रुपैयाँ हाराहारीमा छ । त्यसमध्ये करिब ४६ खर्ब रुपैयाँ असल कर्जा रहेको छ । उक्त कर्जाका लागि यसअघि करिब ५० अर्ब ६० करोड हाराहारीमा प्रोभिजनिङ गर्नुपर्ने अवस्था थियो ।
यो दर घटेसँगै अब प्रोभिजनिङ करिब ४६ अर्ब रुपैयाँमा झरेको छ । यसले करिब ४ अर्ब ६० करोड रुपैयाँ प्रोभिजनिङ घटेको छ । आगामी त्रैमासदेखि बैंक तथा वित्तीय संस्थाले यो रकमलाई नाफामा देखाउन पाउँछन् । बैंकहरुले प्रोभिजनिङलाई १ प्रतिशतमा झार्नुपर्ने माग मौद्रिक नीति तथा प्रथम समीक्षादेखि नै गर्दै आएका थिए । यो माग राष्ट्र बैंकले पूरा गरिदिएको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण