बाँस सम्मेलनको तयारी पूरा
काठमाडौँ । नेपालमा प्रथम राष्ट्रिय बाँस सम्मेलनको तयारी पूरा भएको छ । यही फागुन १५, १६ र १७ गते खोटाङको दिक्तेलमा हुने प्रथम राष्ट्रिय बाँस सम्मेलनको तयारी पूरा भएको हो ।
‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ नाराका साथ सम्मेलन हुने आयोजकले जनाएको छ । यस सम्मेलनमा सहभागीहरूलाई नेपालमा पाइने बाँसका प्रजातिहरूको विस्तृत जानकारी, उपयोगिता, अर्थतन्त्रमा योगदान र बाँसको व्यावसायिक खेती, उद्यम प्रवर्धन तथा दिगो उपयोगिताको विषयमा सम्बन्धित विज्ञहरूसँग भेटघाट, यिनका सम्भावना र चुनौतीहरूको विषयमा वृहत् छलफल गरिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।
साथै सम्मेलनमा आर्थिक उपार्जनको लागि बाँसलाई वैकल्पिक श्रोतको रूपमा विकास गर्ने र बाँसको व्यवसायीकरण लाभका बारेमा जानकारी हुने बताए । सो सम्मेलनले बाँसको दररेट, नक्सापास लगायत विषयमा सम्बन्धित निकायसँग ठोस पहल गरिने जानकारी दिए ।
नगरप्रमुख भट्टराईका अनुसार सम्मेलनमा ५० वटा सरकारी तथा गैरसरकारी निकाय १०० वन उपभोक्ता समूह, ५० विश्वविद्यालय तथा अनुसन्धान केन्द्र, वन विज्ञान विषय अध्ययनरत खोटाँग बाहिरका १०० गरी प्रत्यक्ष रूपमा ३०० देखि ४०० को संघ संस्थाको सहभागिता हुनेछ । ४०० भन्दा बढी स्टलहरू रहने छन् । साथै अनलाइनबाट हजारौँले अप्रत्यक्ष रूपमा अवलोकन गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण